मोटरसाईकल दुर्घट्नामा परी सिड्नीमा नेपाली बिद्यार्थीको मृत्यु

ENGLISH

NRN GLOBAL

मोटरसाईकल दुर्घट्नामा परी सिड्नीमा नेपाली बिद्यार्थीको मृत्यु

10 July, 2017 | Bipin Acharya | 1120 Views | comments

अष्ट्रेलियाको सिड्नीमा सडक दुर्घटनामा परी एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।

दाङ तुल्सीपुर घर भएर यहाँको सेन्ट्रल क्युन्सल्याण्ड युनिभर्सिटीमा ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी अध्ययनरत  २१ बर्षीय सुसन थापाको मोटरसाईकल दुर्घटनामा परेर मृत्यु भएको हो । तीन बर्षअघि बिद्यार्थी भिषामा सिड्नी आएका थापा गत मंगलबार आफुले काम गर्ने स्थानबाट घर फर्किरहेको बेला मोटरसाईकल दुर्घटनामा परेको उनका नजिकका साथी सन्तोष भण्डारीले जानकारी दिए ।

मृतक थापाले चलाइरहेको मोटरसाईकललाई ट्याक्सीले ठक्कर दिएको थियो । ठक्करबाट सडकमा लडेका उनलाई पछाडिबाट आइरहेको भ्यानले किच्यो । गम्भिर घाइते भएका उनलाई स्वास्थ्यकर्मी र प्रहरीको सहयोग स्थानीय अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनलाई चिकित्सकहरुले शनिबार साँझ मृत घोषित गरेको भण्डारीले कान्तिपुरलाई जानकारी दिए ।

थापाको शवलाई अहिले यहाँस्थित कोरोनरको कार्यलमा राखिएको छ । परिवारका जेठा छोरा उनको आमा बुबा र भाई नेपालमै छन् भने उनी केही महिनामै आफ्नो अध्ययन पुरा गर्ने तयारीमा थिए । उनको शवलाई परिवारको आग्रहमा अन्तिम संस्कारका लागि नेपाल पठाउन सहयोग रकम संकलन समेत शुरु गरिएको छ । एनआरएन अष्ट्रेलिया न्यु साउथ वेल्सका संयोजक दिनेश पोखरेलले आफुहरुले पीडितहरुलाई सकेजति सहयोग पुरयाउने प्रतिबद्धता ब्यक्त गरे ।कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK