मेस्सीलाई २१ महिनाको जेल सजाय

ENGLISH

SPORTS

मेस्सीलाई २१ महिनाको जेल सजाय

ट्याक्स छलेको आरोप

6 July, 2016 | arjun baral | 1570 Views | comments

messi

अर्जेन्टिनी नागरिक तथा बार्सिलोनाबाट फुटबल खेल्ने लियोनेल मेस्सीलाई ट्याक्स छलेको आरोपमा २१ महिनाको जेल सजाय सुनाएको स्पेनी मिडियालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

कोर्ट अफ बार्सिलोनाले मेस्सी र उनका पितालाई २१ महिने जेल सजाय सुनाएको हो। सन् २००७, २००८ र २००९ मा फोटो अधिकार बेचेर प्राप्त नाफाबाट स्पेनमा कर नतिरेको भन्दै उनीहरुलाई यो सजाय सुनाइएको हो।

तर मेस्सी वा उनका पिताले अहिले नै जेल जानु भने पर्ने छैन। यो फैसलालाई स्पेनको सर्वोच्च अदालतमा चुनौती दिन सकिनेछ।

त्यसैगरी स्पेनको कानुन अनुसार २ वर्षभन्दा कम सजायलाई प्रोबेसनमा बसेर पूरा गर्न सकिन्छ। अदालतले मेस्सीलाई २० लाख युरो र उनका पितालाई १५ लाख युरो जरिवना तिर्न पनि भनेको छ। यसअघि, गत जुन २ तारिखमा पनि मेसी र उनका बाबुले अदालतमा जानुपरेको थियो ।

मेसीले भर्खरै सम्पन्न कोपा कपको फाईनलमा चिलीसंगको खेलमा आफ्नो टिम अर्जेन्टिना  पराजित भएपछि खेलबाट सन्यास लिने घोषणा गरेका थिए । त्यस लगतै अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो मेक्रीका र महान फुटबलर डिएगो म्याराडोनाले लियोनल मेसीलाई राष्ट्रिय फुटबल टिमबाट नखेल्ने गरी लिएको निर्णय फिर्ता लिन आग्रह गरेका थिए ।

प्रथम स्थानका लागि भएको प्रतिस्पर्धामा मेसीको पेनाल्टी सुट गोलपोस्टको केही माथिबाट गएपछि आँखाभरी आशु लिई मैदानबाट बाहिरिएका सुपरस्टार मेसीले सन्यासको घोषणा गरेका थिए ।

उनले सन्यासको घोषणा गरे पनि  राष्ट्रिय टिमलाई अझै केही वर्ष नेतृत्व दिन अर्जेन्टिनी खेलप्रेमीलगायत विश्वभरका उनका शुभचिन्तकले आग्रह गरेका थिए ।  मेसी भर्खर २९ वर्ष पुगेका विश्व चर्चित फुटबल खेलाडी हुन् । उनि पाँचपटकका फिफा ‘बेलोन डे’ओर’ विजेता खेलाडी हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK