मेसी र नेयमारलाई पछि पार्दै रोनाल्डोले जिते फिफा वर्ष खेलाडीको अवार्ड

ENGLISH

SPORTS

मेसी र नेयमारलाई पछि पार्दै रोनाल्डोले जिते फिफा वर्ष खेलाडीको अवार्ड

रोनाल्डो पाँचौ पटक फिफा वर्ष खेलाडी

24 October, 2017 | Sandeep Bhattarai | 3545 Views | comments

रोनाल्डो

स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन्।सोमबार राति लन्डनमा भएको भव्य समारोहमा रोनाल्डोलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो।

योसँगै रोनाल्डोले लगातार दोस्रो पटक अवार्ड जिते भने बार्सिलोनाका अर्जेन्टायन फरवार्ड लिओनल मेसीको कीर्तिमानसँग बराबरी गर्न सफल भए। मेसीले पनि पाँच पटक नै अवार्ड जितेका थिए। रोनाल्डोले अन्तिम मनोनयनमा रहेका मेसी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेयमारलाई पछि पार्न सफल भए। गत सिजन रियल म्याड्रिडले ला लिगा तथा च्याम्पियन्स लिग जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए।

पुरुष टिमको प्रशिक्षकको अवार्ड रियल म्याड्रिडकै जिनेदिन जिदानले जितेका छन्। जिदानले युभेन्टसका मासिमिनियानो एलेग्री र चेल्सीका एन्टोनियो कोन्टेलाई पछि पारे। महिला खेलाडीको अवार्ड बार्सिलोनाकी डच खेलाडी लिके मार्टिन्सले जितिन्। उनले फ्लोरिडाकी डेएना कास्टेलानोस (भेनेजुएला) र म्यानचेस्टर सिटीकी कार्ली लोयड (अमेरिका) लाई पछि पारेर अवार्ड हात पारिन्। महिला टिमको प्रशिक्षकको अवार्ड नेदरल्यान्ड्स राष्ट्रिय टिमकी सारिना विग्मानलाई प्रदान गरियो।

उत्कृष्ट गोलकिपरको अवार्ड इटालियन क्लब युभेन्ट्सका बुफोनले हात पारे। उनी अन्तिम मनोनयनमा रहेका रियल म्याड्रिडका केलर नाभास (कोस्टारिका) र वायर्न म्युनिखका म्यानुयल नेउर (जर्मनी) भन्दा उत्कृष्ट बने। उत्कृष्ट गोल गरे बापत प्रदान गरिने पुस्कस अवार्ड आर्सनलका स्ट्राइकर ओलिभर जिरुडलाई दिइयो। यो अवार्डमा दश जना अन्तिम मनोनयनमा थिए। स्कटिस क्लब सेल्टिकका समर्थकले फ्यान अवार्डको पुरस्कार जिते । फेयर प्ले अवार्ड टोगोका फ्रान्सिस कोनेलाई दिइयो ।

फिफाले विश्वका उत्कृष्ट खेलाडी समेटेर विश्व–११ टिम पनि सार्वजनिक गरेको छ।

विश्व–११ टिम
गोलकिपर – बुफोन
डिफेन्डर – सर्जियो रामोस, बोनोची, मार्सेलो, ड्यानी अल्भेस
मिडफिल्डर – टोनी क्रुस, आन्द्रेस इनिष्टा, लुका मोड्रिक
फरवार्ड – लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेइमार

अवार्ड विजेता
पुरुष खेलाडी – क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – रियल म्याड्रिड

महिला खेलाडी – लिके मार्टिन्स (नेदरल्यान्ड्स) – बार्सिलोना

पुरुष टिमको प्रशिक्षक – जिनेदिन जिदान (फ्रान्स) – रियल म्याड्रिड

महिला टिमको प्रशिक्षक– सारिना विग्मान (नेदरल्यान्ड्स) – नेदरल्यान्ड्स राष्ट्रिय टिम

गोलकिपर – बुफोन (इटाली) – युभेन्ट्स

पुस्कस अवार्ड – ओलिभर जिरुड – आर्सनल

फ्यान अवार्ड – सेल्टिक समर्थक

फेयर प्ले अवार्ड – फ्रान्सिस कोने – टोगो

मेस्सी र ग्रेजम्यानलाई पछि पर्दै रोनाल्डोले जिते फिफा बेस्ट प्लेयरको अवार्ड

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK