मेसीलाई सन्यास फिर्ता लिई खेल जीवनमा फर्कन आग्रह

ENGLISH

SPORTS

मेसीलाई सन्यास फिर्ता लिई खेल जीवनमा फर्कन आग्रह

सन्यास फिर्ता लिन मेसीलाई राष्ट्रपतिको आग्रह

30 June, 2016 | Sandeep Bhattarai | 1565 Views | comments

कोपा अमेरिकाको फाइनलमा हारेपछि घर फर्केका लियोनेल मेसीलाई उनको देश अर्जेन्टिनामा भब्य स्वागत गरिएको छ । राजधानीस्थित विमानस्थलमा जम्मा भएका हजारौं शुभेच्छुकहरुले उनको स्वागत गरेका हुन् ।

messi

अर्जेन्टिनासहित विश्वभरका उनका फ्यान अहिले उनलाई फुटबलमा फर्काउने प्रयासमा छन् । मेस्सीको जादुयी खेलको ब्यग्र प्रतिक्षामा रहेका उनका फुटबल प्रेमीले निरन्तर खेलमा फर्कन भनिरहेका छन् ।अर्जेन्टिनामा उत्रेका मेसीको स्वागतका लागि जम्मा भएका समर्थकले उनले स्वर्गमा गएर फुटबल खेलेमा आफूहरु मर्न तयार रहेको सन्देश पनि दिएका छन् । मेस्सी यदि तिमी स्वर्गमा खेल्यौ भने तिम्रो खेल हेर्नका लागि हामी आफ्नो ज्यान दिन तयार छौं’। विमानस्थलमा जम्मा भएका समर्थकले बोकेको पम्प्लेटमा लेखिएको थियो ।

हामी तिमीलाई आफ्नी आमा भन्दा पनि धेरै माया गर्छौं । यति मात्रै होइन मेसीका आइडल डिएगो म्याराडोनाले पनि मेसीलाई आफ्नो निर्णयबाट पछि हट्न भनिसकेका छन् ।म्याराडोनाले मेस्सीले अर्जेन्टिनाका लागि खेलिरहनुपर्ने बताउँदै सन् २०१८ मा रुसमा हुने विश्वकपमा च्याम्पियन बनाउन पनि आफ्नो निर्णयबाट पछि हट्नुपर्ने उनको धारणा छ । अर्जेन्टिनाका राष्ट्रपति मौरीसियो म्याक्रीले ट्वीट गर्दै आफूसहित जनतालाई विश्वका महानज फुटबलरले अझै देशका लागि खेल्ने आशा गरेका छन् ।

मेस्सीका सहकर्मी सर्जियो रोमेरोले पनि यो भावुक फैसलाबाट पछि हटेर मेस्सी देशका लागि फेरि खेल्न तयार हुने बताएका छन् । उता मेस्सीले भने आफूले यो निर्णय लिनुअघि धेरै सोचेको जनाउँदै आफ्नो कदमबारे आफू जानकार रहेकोले यही नै अन्तिम निर्णय भएको बताएका छन् ।

सन्यास फिर्ता लिन मेसीलाई राष्ट्रपतिको आग्रह
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका लियोनल मेसीलाई अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रीले राष्ट्रिय टोलीमा फर्कन आग्रह गरेका छन्।

मेसीलाई फोन गरेर राष्ट्रपति माउरिसियोले सन्यासको निर्णय फिर्ता लिदैँ टोलीमा फर्कन आग्रह गरेका हुन्।सोमबार अमेरिकाको न्यूजर्सीमा भएको कोपा अमेरिका फुटबलको उपाधि खेलमा चिलीसँगको पेनाल्टी सुटआउटमा गोल गर्न मेसी चुकेका थिए । त्यससँगै अर्जेन्टिनाले हार ब्यहोरेपछि अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।

तर, सन्यासको घोषणा गरे लगत्तै अर्जेन्टिनाका राष्ट्रपति म्याक्रीले मेसीलाई फोन गरेर अरुको आलोचना नसुन्न सुझाव दिँदै टोलीमा फर्कन आग्रह गरेका हुन्।राष्ट्रपति माउरिसियोले मेसीलाई भनेको कुरा उद्रित गर्दै उनका प्रवक्ताले एएफपीसँग भनेका छन,‘उहाँ (राष्ट्रपति)ले मेसीलाई भनेका छन, मेसी तिमी र अर्जेन्टिनी टोलीको प्रदर्शनबाट हामी खुशी र सन्तुष्ट छौं। अरुले गरेका आलोचना नसुन।’

राष्ट्रपति मार्सीले मेसीको पक्षमा आफ्नो ट्वीटरमा समेत लेखेका छन्। उनले भनेका छन,‘मलाई आशा छ मेसी तिमी र अर्जेन्टिनी फुटबल टिमको राम्रो प्रदर्शन विश्वमै उत्कृष्ट रहेको वर्षौ वर्ष देख्न पाइराखियोस्।’

यो पनि हेर्नुस – अन्तराष्ट्रिय खेलबाट मेस्सीद्वारा सन्यासको घोषणा (पेनाल्टी मिस भिडियो )

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK