मेलिना राईको ‘अभिनय’ सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

मेलिना राईको ‘अभिनय’ सार्वजनिक (भिडियो सहित)

15 July, 2016 | Sandeep Bhattarai | 1545 Views | comments

मेलिना राई पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो।सुमधुर स्वरकी धनि राईको फ्यान नहुने सायद कमै होलान् नेपालमा।

melina rai

छोटाे समयमै निक्कै लोकप्रियता हासिल गरिसकेकी यी गायिकाले थुप्रै नेपाली गीत अनि गजलहरुमा आफ्नो स्वर दिइसकेकी छिन् ।यसैक्रममा मेलिना राईको सुमधुर स्वरमा सजिएको अर्को मर्मस्पर्शी गीत बजारमा आएको छ।

दक्षिण कोरियामा कार्यरत भरत सुवेदीको शब्द ,नेपालका चर्चित संगीतकार ,श्रीकृष्ण बम मल्लको संगीत अनि उनै मेलिना राईको स्वर रहेको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। सिडीयम म्युजिक क्रियसनको प्रस्तुतिमा रङ्गा फिल्मको ब्यानरमा निर्माण गरिएको यो गितको म्युजिक भिडियो दक्षिण कोरियाको विभिन्न सहर अनि रमणीय पार्कहरुमा खिचिएको हो।

भिडियोमा कोरियामै कार्यरत,दिपल सारु,चाँदनी घले र सुयना सत्त्यालको दमदार अभिनय रहेको छ भने कोरियामा पछिल्लो समयमा आफ्नो क्यामेराको जादु देखाइरहनु भएका नरेन श्रेष्ठको छायांकन रहेको छ, साथै यो भिडियोको निर्देशन एवं सम्पादन रमेश जङ थापाले गर्नु भएको छ।

पछिल्लो समयमा कोरियामा थुप्रै म्युजिक भिडियोको निर्माण भएका छन् तर पनि गुणस्तरिय म्युजिक भिडीयोको निर्माण हुन सकिरहेको थिएन।प्रबासमा बसेर पनि नेपाली गीत संगीतलाई एउटा योगदान दिने किसिमले सम्भव भएसम्म उत्कृष्ट काम गरिएको छ । विदेशमै रहेर पनि नेपालको जस्तै उत्कृष्ट म्युजिक भिडियो बनाउन सकिन्छ भन्ने कुराको गतिलो उदाहरण हो,भरत सुबेदीको यो गीत ।

हेर्नुहोस् भिडियो –

यो पनि हेर्नुस – दर्शकलाई हँसाउन मलेसियामा माछा मार्दै ‘बल्छी धुर्वे’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK