मेलबर्न र जिलोङ तीजबाट उठेको रकम नेपालका बलात्‍कृत महिलाहरुको लागि

ENGLISH

NRN GLOBAL

मेलबर्न र जिलोङ तीजबाट उठेको रकम नेपालका बलात्‍कृत महिलाहरुको लागि

6 September, 2018 | Sandeep Bhattarai | 4790 Views | comments

तीज

दिदी-बहिनी समाज भिक्टोरियाले बिगत चार बर्षदेखि मेलबर्नमा आयोजना गरिने तीजबाट संकलित रकम नेपालको सुदूर पश्चिमका बलात्‍कृत ४५ जना महिलालाई पुनर्स्थापनाको सम्पूर्ण खर्च त्यहाँको स्थानिय संस्थासँग सहकार्य गर्दै ब्यहोर्दै आइरहेको र हरेक बर्ष सहयोगको रकम बढाउन प्रयासरत छ ।

नेपालमा गत बर्ष १४८० बलात्कारका घटना भएका थिए जुन प्रतिदिन सरदर करीब ४ का दरले पर्न आउने देखिन्छ । बलात्कारका घटना बढीरहेकोले दिदी-बहिनी समाज भिक्टोरियाले मेलबर्नमा आयोजना गरिने अत्यधिक तीजको संख्या घटाउने र नेपालका बलात्‍कृत महिलालाई पुनर्स्थापनाको लागि संकलित रकम बढाउने उद्देश्य अनुरुप संस्कृति जोगाऔं, आशा जगाऔं नाराका साथ पहिलो पटक नेपाली असोसियसन अफ भिक्टोरिया (न्याभ) संग संयुक्त रुपमा आयोजना गरिएको तीजमा ६०० भन्दा बढीको उपस्थिति थियो ।

त्यस्तै जिलोङमा आयोजित तीज कार्यक्रममा संकलित रकम दिदी-बहिनी समाज भिक्टोरिया मार्फत नेपालका बलात्‍कृत महिलालाई पुनर्स्थापनाको लागि सहयोग गर्न दिदी-बहिनी समाज भिक्टोरियालाई हस्तान्तरण गरिने भएको छ । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले यसरी कार्यक्रम आयोजना गर्नुको बहु आयामिक महत्व हुँदाहुँदै यसरी आयोजना गरिने कार्यक्रमबाट संकलित रकम सामाजिक काममा लगाउनुको अझै ठुलो महत्व हुने बताउनु भयो ।

नेपाली पत्रकारिता जगतका भीष्मपितामहका रुपमा चिनिने स्व गिरिजा प्रसाद कोइरालाद्धारा समेत अभिनन्दित वरिष्ठ पत्रकार गोलप्रसा द थपलियाले तीज किन र कसरी मनाउन शुरु गरिएको भन्नेबारेको कथा सुनाउनु भयो ।वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेले तीजको शुभ-कामना मन्तब्य दिनु भएको थियो ।

दिदी-बहिनी समाज भिक्टोरियाको तर्फबाट बर्षा केसी राजभन्डारीले नेपालमा बलात्‍कृत महिलालाई पुनर्स्थापनाको लागि गरिएका प्रयासहरुबारे प्रकाश पार्नु भयो । मेलबर्नको कार्यक्रममा दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

नाचगानका साथै बिभिन्न रमाइला खेलहरु खेलाइएको जिलोङको कार्यक्रमको सन्चालन ज्ञानेन्द्र उप्रेतीले गर्नु भएको थियो र कार्यक्रमको लागि भेन्यु र खानपानको व्यवस्था ओसनग्रोभको ब्लु माउण्टेन इन्डियन रेस्टुरेन्टले गरेको थियो ।

नेपालका चर्चित कलाकारहरुको साथमा एनआरएनए फ्रान्सको तीज कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK