मेलबर्नमा लक्ष्मी जयन्तीमा “पर्खिरहेको घर” बिमोचन

ENGLISH

NRN GLOBAL

मेलबर्नमा लक्ष्मी जयन्तीमा “पर्खिरहेको घर” बिमोचन

प्रभा श्रेष्ठ , कोबर्ग, मेलबर्न

16 October, 2017 | Sandeep Bhattarai | 3215 Views | comments

भिक्टोरियाका लागि अवैतानिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख आतिथ्यतामा मेलबर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०८ औ जन्म जयन्ती, दीपावली शुभ-कामना आदान प्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी ‘तुफान’ द्धारा लिखित दोश्रो कृति ‘पर्खिरहेकाे घर’काे बिमाेचन कार्यक्रम एकै साथ गरिएको छ ।

नेपालीमा एम एड गर्नु भएकी कवियत्री पहारीद्धारा यस अघि ‘बाटो छेक्छन जून ताराले’ प्रकाशित गरिसक्नु भएकोछ । कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अवैतानिक महाबाणिज्यदूत चन्द्र योन्जनले तिहारको शुभ-कामना ब्यक्त गर्दै कवियत्री पार्वती पहारीलाई विदेशको ब्यस्त जीवनका बाबजुद पनि समय निकालेर निरन्तर साहित्यिक रचना लेख्दै दोश्रो पुस्तक प्रकाशित गर्नु भएकोमा बधाई ज्ञापन गर्नु भयो । आयोजक साहित्य-संगीत जमघटलाई यस किसिमका कार्यक्रम आयोजना गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै यस्तै श्रष्टा र कार्यक्रमले गर्दा नै नेपाली भाषा र साहित्य विदेशमा पनि सशक्त रुपमा फैलिरहेको बिचार ब्यक्त गर्नु भयो ।

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले छन्दमा कविता लेख्न धेरै किसिमका सीमा र नियमभित्र बसेर लेख्नु पर्ने भएकोले गोपाल प्रशाद रिमालले गद्यमा कविता लेख्न शुरु गरेपछी नेपाली कविता ईतिहासले नयाँँ मोड लिएको र यस्ले गर्दा नेपाली साहित्य क्षेत्रमा धेरै कवीहरुको जन्मने बातावरण सिर्जना हुन पुगेको चर्चा गर्नु भयो । स्तरीय रचना सिर्जना गर्न सकिएको खण्डमा थोरै सिर्जनाले पनि राम्रो परिचय स्थापित गर्न सकिने चर्चा गर्दै जसरी ‘आमाको सपना’ ले गोपाल प्रशाद रिमाल, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ ले भूपी शेरचन, ‘मन’ ले लीलाध्वज थापालाई चिनाउन पर्याप्त छन त्यसरी नै बिमोचित “पर्खिरहेको घर” पार्वती पहारीको पर्यायबाची बन्न सकोस भन्ने शुभेच्छा ब्यक्त गर्नु भयो ।

साहित्यकार एवं मनमती साहित्यिक पत्रिकाका संपादक श्रीधर पौडेलले बिमोचित कविता संग्रह ‘पर्खिरहेको घर’ को समिक्षा गर्नु भएको थियो । कार्यक्रममा बिद्या पौडेल, माधव पौडेल, इश्वरी पौडेल, अनन्त पौडेल, डा अनुपम पोखरेल, दिकपाल पंगेनी, डा साबित्रा काफ्ले, हेम नेपाल, उत्तम पन्तले कविता वाचन गर्नु भएको थियो भने रामजी पौडेल, अशोक खतिवडा र बम योन्जनले गीत गाउनु भएको थियो ।

दिदी-बहिनी समाज भिक्टोरिया, क्र्यागिबर्न समाज, न्याभ, एनआरएन र एभरेस्ट प्रपर्टी एण्ड फाइनान्सले कार्यक्रमलाई सहयोग गरेका थिए भने उपस्थिति जनाउन असमर्थ संस्थाहरुले कार्यक्रमको सफलताको कामना गर्दै पार्बती पहारीलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा श्रष्टाद्धारा अवैतानिक महाबाणिज्यदूत चन्द्र योन्जन, लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, साहित्यकार एवं मनमती साहित्यिक पत्रिकाका सम्पादक श्रीधर पौडेल र न्याभका अध्यक्ष डा अनुपम पोखरेललाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको संचालन पत्रकार वासुदेब मरहट्टाले गर्नु भएको थियो ।

पोर्चुगलमा १०७ औं लक्ष्मी जयन्ती सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

काठमाडौँ

इपिएल : काठमाडौँद्वारा पोखरा पाँच विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा काठमाडौँ...

ज्यामरुककोट गाउँ

ज्यामरुककोट गाउँ

म्याग्दी जिल्ला बेनी नगरपालिका–२ स्थित सुन्दर ज्यामरुककोट गाउँमा कृषकले...

सम्झौताअनुसारको सेवा सुविधा नदिने विभिन्न देशका ६५ कम्पनीमा कामदार पठाउन रोक

वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न...

विद्यालय

नेपाली विद्यालय कतारमा स्थापना गर्न आग्रह

नेपालले कतारमा कार्यरत नेपाली कामदारका सन्ततिको शैक्षिक भविष्यलाई ध्यानमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK