मेलबर्नमा अध्यक्ष शेष घलेले नयाँ चारतारे होटल बनाउने

ENGLISH

NRN GLOBAL

मेलबर्नमा अध्यक्ष शेष घलेले नयाँ चारतारे होटल बनाउने

21 July, 2017 | Bipin Acharya | 2140 Views | comments

मेलबर्नमा गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घलेले नयाँ चार तारे होटल खोल्ने भएका छन् ।

मेलबर्नको सबैभन्दा उत्कृष्ट स्थान भनेर चनिने सेन्ट्रल बिजनेस डिस्ट्रिक्टको एउटा हेरिटेज बिल्डिङ हालै खरिद गरेका उनले त्यहाँ चार तारे होटल बनाउने योजना बनाएका छन् ।

हाल ब्याकप्याकर होटल रहेको सो भवन उनले केही महिनाअघि २ करोड ७१ लाख डलरखमा खरिद गरेका थिए ।

सन् २०२० मा हाल होटल सञ्चालन गरिरहेको समूहसँगको सम्झौता सकिएपछि जिर्णोद्वार गरी नयाँ होटल सञ्चालन गर्ने घले दम्पतीको योजना छ ।

‘द अष्ट्रेलियन’ दैनिकसँग कुरा गर्दै उनले हेरिटेज बिल्डिङलाई जिर्णोद्वार गरी होटल सञ्चालन गर्ने योजना रहेको बताएका छन् । झण्डै ४ करोड डलरको लगानीमा उनले यसलाई जिर्णोद्वार गर्ने योजना बनाइरहेका छन् ।

जीर्ण बनेका पूराना भवन खरिद गरी त्यसको बाहिर स्वरुप र सज्जालाई नबिगारी भवन जिर्णोद्वार गर्ने कार्यमा यो जोडीको राम्रो अनुभव रहेको छ ।

मेलबर्नकै पूरानो अर्को भवन अर्गस खरिद गरेका उनीहरुले ठूलो रकम खर्चेर जिर्णोद्वार गरी त्यहाँ एमआइटी कलेज सञ्चालन गरिरहेका छन् ।

हाल नेपालमा दुर्गम हिमाली गाउँ लाप्राकमा भूकम्प पीडितका लागि नमूना वस्ती निर्माण गरिरहेका घलेले भने-लाप्राकमा गरिरहेको कामका तुलनामा यो भवन जिर्णोद्वार निकै सजिलो काम हो, मैले खासै चिन्ता लिएको छैन् ।’

जीर्ण भएको भवन खरिद गरेर त्यसलाई पुरानै अबस्थामा फकाई होटल चलाउने घलेको योजनाबाट मेलवर्नका मेयर निकै सुखी छन् ।

‘अहिले त यो भवन निकै जीर्ण छ तर यसको इतिहास भने निकै गौरवशाली छ’ मेयर रोवर्ट डोयलले भने-‘हामीले गुमाउनै लागेका हेरिटेज बिल्डिङ खरिद गरेर तीनलाई पुरानै अबस्थामा फर्काउनमा घलेको निकै राम्रो ट्रयाक रेकर्ड छ ।’

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK