मेरो शरीरमा सास रहुन्जेल म तपाईहरुको लागि लड्ने छु :राष्ट्रपति डोनाल्ड ट्रम्प (तस्बिरहरु )

ENGLISH

WORLD

मेरो शरीरमा सास रहुन्जेल म तपाईहरुको लागि लड्ने छु :राष्ट्रपति डोनाल्ड ट्रम्प (तस्बिरहरु )

विजय थापा ,वाशिंगटन डिसी –

21 January, 2017 | Sandeep Bhattarai | 1610 Views | comments
अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ ग्रहण लिएका छन् ।
ट्रंप
अमेरिकाको संसद भवनमा आयोजित ऐतिहासिक समारोहबीच ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
ट्रंप
 
जनवरी २० तारिख देखि डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औ विधिवत राष्ट्रपति भएका छन् l पद तथा गोपनियता को सपथ ग्रहण पहिला उनका उपराष्ट्रपति माइक पेन्सले लिएका थिए l 
ट्रंप
 
उनले आफैले आफ्नो भाषण लेख्दै गरेको केहि दिन अगाडी सामाजिक संजालमा आफ्नो छाया चित्र सहित राखेका थिए तर यसको जिम्मा अर्कैलाई दिएका भएता पनि आज उनले आफै लेखेको भाषण गरेका थिए l 
ट्रंप
 
सपथ खाए पछि मन्तब्य कै प्रारम्भिक चरणमा सर्बप्रथम अमेरिकाका पूर्व राष्ट्रपति कार्टर ,क्लिन्टन ,बुश तथा ओबामा को नाम लिदै सम्बोधन गरेका थिए l उनले बिशेष रुपमा ओबामा तथा मिसल ओबामाको प्रशंसा गरेका थिए l 
ट्रंप
 
उनले मन्तब्य कै क्रममा म तपाईहरुको लागि मेरो शरीरमा सास रहुन्जेल लड्ने छु भने l अगाडी मन्तब्य राख्दै उनले तपाईहरुको शिर झुकाउने काम कहिले गर्ने छैन भने l अमेरिकाले बिजयी गर्न पुन सुरु गर्ने छ ,त्यो बिजयी कहिले नभएको हुने भने l मन्तब्य कै क्रममा हामी जागिर ल्याउने छौ l हामी हाम्रो सिमा पुन ल्याउने छौ l हामी हाम्रो सम्पति फेरी ल्याउने बताए l र ,हाम्रो सपना फेरी ल्याउने छौ भने l 
d4
मन्तब्य कै क्रममा हामी नयाँ  सडक ,राजमार्ग, पुल ,विमानस्थल सबै यो अद्भुत राष्ट्रमा निर्माण गर्ने  कुरा राखेका छन् l मन्तब्य कै क्रममा विश्वका सबै राष्ट्रहरु संग हामी मित्रता र मित्रभाव राख्ने बताए l
d5
 
हामी आफ्ना पुराना सम्झौताहरु मजबुत बनाउन चाहन्छौ भन्दै जब अमेरिकामा एकता हुन्छ भने अमेरिका पूर्ण रुपमा अविरल हुन्छ भन्ने मन्तब्यमा प्रष्ट कुरा राखे l 
d6
 
हामीले जहिले पनि ठुलो सोच्नु पर्छ भन्दै सपना पनि झन् ठुलो हुनु पर्ने विचार राखे l उनले अगाडी भने ,काम नगर्ने कुरा ज्यादा गर्ने  राजनैतिक व्यक्ति कुनै हालत मा पनि स्वीकार नहुने बताए l फगत कुरा गर्ने को समय समाप्त भएको भन्दै अब काम गर्ने को समय आएको बताए l 
d7
 
मन्तब्यको अन्त्यमा साथ मा हामीले अमेरिकालाई अझ मजबुत बनाउन सक्छौ ,अझ सम्पन्न बनाउन सक्छौ ,हामी फेरी अमेरिकालाई बिशाल बनाउन सक्छौ हामी अमेरिकालाई पुन सुरक्षित बनाउन सक्छौ भन्ने विचार राखे l 
d8
 
ट्रम्पले सपथ अघि राष्ट्रपतिहरुको चर्चको रुपमा परिचित सेन्ट जोन्स चर्चमा पुगेर प्रार्थना गरेका थिए भने उनका साथमा उप राष्ट्र पति पनि गएका थिए l अमेरिकाको पूर्वीय समय १२ बजे उनले सपथ लिएका हुन् । र दिन भरि बिबिध कार्यक्रममा संलग्न भएका राष्ट्रपति ट्रम्पलाई भ्याई नभ्याई भएको छ l 
d9
 
अमेरिकाका बिभिन्न राज्यहरु बाट आएका झाकी ,सैनिक प्रदर्शन तथा सैन्य यात्राहरुको प्रदर्शन रहेको थियो l  दिवा भोजनको एक कार्यक्रममा उनले बिल क्लिन्टन संग आएकी राष्ट्रपति कि महिला उम्मेदवार हिलारी क्लिन्टन लाई उपस्थित सबैलाई उठाएर स्वयम् आफु पनि उठी कर्तल ध्वनि बजाउदै अभिनन्दन गरेका थिए l क्लिन्टन दम्पत्ति को प्रशंसा गरेका थिए l 
d10
 
डोनाल्ड ट्रम्प सपथ ग्रहण को शिलशिलामा डिसीमा ब्यापक बिरोध प्रदर्शन हुँदा सयौ प्रदर्शनकारी पक्राउ गरिएको छ l प्रदर्शनकारीहरु हिंसामा परिणत भै प्रहरीले अश्रु ग्यास चलाउनु परेको थियो भने लिमोजिन गाडी जलाउनु को साथै पसलमा लुटपाट पनि गरेका थिए l 
d11
 
४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्प सपथ ग्रहण तथा दिवा भोज पश्च्यात परम्परा चलि आएकोले संसद भवन देखि व्हाइट हाउस सम्म जाने क्रममा कैयौ घण्टा देखि लामबद्ध तथा प्रतिक्षारत सर्बसाधारण संग हात हल्लाउदै नमस्कार गर्दै राष्ट्रपति ट्रम्प,प्रथम महिला तथा छोराछोरीहरुसंगै हिडेका थिए l 

ट्रम्प विरुद्ध मुद्दा दर्ता, यौन दुर्व्यवहारकाे आरोप

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK