‘मेरो पैसा खोइ’ छाडेर भागे वलिउड निर्देशक

ENGLISH

ENTERTAINMENT

‘मेरो पैसा खोइ’ छाडेर भागे वलिउड निर्देशक

23 February, 2017 | Bhawana Pathak | 945 Views | comments

केहि महिनादेखि नेपाली सिने वृतमा चर्चा चल्यो, नेपाली फिल्मलाई भारतिय निर्देशकले निर्देशन गर्ने, त्यो पनि वलिउडको सफल फिल्म ‘भुतनाथ’मा सुपरस्टार अमिताभ बच्चनलाई एक्सन कट गरेका विवेक शर्माले ।

mero-paisa-khoi-director

फिल्म निर्माण घोषणादेखि फ्लोरमा जाँदा सम्म मिडियामा चर्चा पाएको अनि धेरैले चासोको रुपमा लिईएको रोज राणाको निर्माण रहने ‘मेरो पैसा खोइ’मा विवेक जोडिँदा धेरैले उक्त फिल्मलाई संभावनाको नजरले पनि हेरे । अब भने उक्त प्रोजेक्ट छायाँकन सरु भएको केहि दिनमै छाडेर विवेक देश फर्केका छन् ।

निर्मातासँग मनमुटाव राख्दै विवेक भारत फर्के अनि फेसबुकमा एक्कासी स्टाटस लेखे, राणालाई आक्षेप र आरोप लगाउँदै । उनले फेसबुकमा लेखेको स्टाटसमा ‘मेरो पैसा खोइ’को सबै अधिकार आफ्नो पक्षमा रहेको दाबी छ । तर यो विषयमा रोजसँग बुझ्दा कुरा अर्कै पाईयो ।
विवेकले १६ दिनसम्म खिचिएको फिल्मको सबै फुटेज समेत डिलेट गरेर भारत पुगेको रोजले बताए । निर्माता र निर्देशकको दुइ पक्षित सहमतिमा जोडिएका फिल्मका कास्ट एण्ड क्रियू मेम्बरमा समेत पछि बार्गेनिङ गर्दै विवेकले हटाउन लगाएको, भारतबाट जुही चावलादेखि राजपाल यादवसम्मलाई केमियोमा खेलाउँछु भनेर गफ मात्रै दिएको, पैसा समेत लगिसकेको र अन्त्यमा कोहिसँग सम्पर्क नभएको बुझिएको समेत राणाले बताए ।

‘नेपालको उत्कृष्ट छायाँकारको सुचीमा पर्ने हरी लामादेखि प्रोडक्शनको टिमको मान्छे समेत हटाउन उहाँले आग्रह गर्नुभयो, राणाले भने, ‘दुइ पक्षिय सहमतिमा छानिएका कलाकार मैले कसरी काम सुरु भएपछि हटाउन सक्छु, सबै आफ्नो आफ्नो ठाउँमा अब्बल छन्, अनि कुरा बाझिँदै गर्दा तपाईं नै हट्नुस भने, भारतसम्म पुग्ने टिकट पनि मैले नै काटेर पठाएको हुँ ।’

चलचित्र विकास वोर्डमा नेपालको लागी आफु नै निर्देशकमा रहेको र कम्पनि पनि यहाँको लागी आफ्नै व्यानरमा दर्ता भएकोले विवेकको कुनै अधिकार ‘मेरो पैसा खोइ’मा नभएको राणाको दाबी छ ।

राणाको कुरा मान्दै गर्दा विवेकले आफ्नो पारिश्रमिक सहित कलाकारको समेत पारिश्रमिक जोड्दै ३० लाख भन्दा बढि आइसी लगिसकेका छन् । त्यसो त राणा निकट श्रोतको कुरा आधार मान्ने हो भने निर्देशकमा अनुबन्ध भएको केहि दिनदेखि नै दुबैबीच खटपटी चलेर एकसमय रोजले विवेकलाई टिममा नराख्ने सम्मको निर्णयमा पुगिसकेका थिए । तर केहि पछि कुरा मिलेको बताईन्छ ।

उता निर्मातादेखि कलाकारसम्मलाई स्कृप्ट नदिएको कारण निर्माता निर्देशकमा दुरी बढ्दैगर्दा रोजको रेदाशं सिने आर्ट्ससँगै फिल्मको लागी संयुक्त व्यानर बनाईएको विवेकको निजी प्रोडक्सन कम्पनि ‘फिल्म जोन’को बारेमा मिडियामा ल्याउन रोजले आनाकानी गर्दा समेत आपसी मनमुटाव सुरु भएको समेत स्रोत बताउँछ ।

त्यसो त विवेकले काठमाडौंमा रहँदा पछिल्ला दिनमा निर्देशकमा अनुबन्ध भईसकेपछि सुरुवाती दिनमा बस्दै आएको होटलदेखि स्टार लेभलमा पुर्याईएको खानेकुरासम्ममा बार्गेनिङ गर्न सुरु गरेको राणा निकट स्रोत बताउँछ ।

को हुन् विवेक शर्मा ?

वलिउडमा महेश भट्टसँग सहायक निर्देशक हुँदै काम सुरु गरेका विवेक वलिउडको ‘क्रिमिनल’ नामको फिल्मबाट मुख्य सहायक निर्देशनमा आएका थिए । त्यसपछि केहि फिल्ममा एशोसियट निर्देशक बनेर काम गरेका उनले डेब्यू निर्देशनमा होमिँदा अमिताभ बच्चन स्टारर भारतको हिट अनि चर्चित फिल्म ‘भुतनाथ’ गरेका थिए ।
वलिउडमा २५ बढि फिल्ममा काम गरिसकेपनि उनले ‘भुतनाथ’ जस्तो फिल्म गरेपछि ठुला ब्यानरको काम पाएनन् । झड्कालु स्वभावका उनि धेरै मुडी र जिद्धी छन्, भनिन्छ ।

त्यसो त यहि स्वभावका कारण विवेकले फिल्म खिच्दा खिच्दै ‘कल किसने देखा’को सेटमा विवाद चलेपछि बासु भग्नानीको हातबाट झापड खाएको वलिउडमा चर्चा चलेको थियो ।

उनको यस्तै स्वभावले गर्दा वलिउडमा विश्वास गुमेको बताईन्छ । त्यसपश्चात नेपाली फिल्म निर्देशनमा आउँदा पनि उनलाई दुबईमा रहँदै आएका एक जनाले अफर गरेर रोजसँग मिलाउने चाँजोपाँजो मिलाएको श्रोत बताउँछ । तर सिधा रुपमा भने उनि गायक आमिर सेखको सम्पर्कबाट रोजसम्म आईपुगेका थिए ।

यसैबीच, निर्देशकलाई छायाँकनको बीचबाटै बिदा गर्न परेपछि ‘मेरो पैसा खोइ’को निर्देशन रोजले नै सुरु गरेका छन् । पछिल्लो साउनमा रिलिज ‘जय पर्शुराम’बाट निर्देशनमा हात हालेका रोजले अब यो प्रोजेक्ट पनि आफैले सुरु गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK