मेरिल्यान्डमा सवारी चालक अनुमतिका लागि नेपाली भाषा सूचीकृत

ENGLISH

NRN GLOBAL

मेरिल्यान्डमा सवारी चालक अनुमतिका लागि नेपाली भाषा सूचीकृत

20 June, 2016 | Sandeep Bhattarai | 935 Views | comments

MVAवासिङ्टन डिसी,। मेरिल्यान्ड राज्यका नेपाली भाषी बासिन्दाले ड्राइभिङ लाइसेन्सका लागि नेपाली भाषामा प्रवेश परीक्षा दिन पाउने भएका छन ।

यससम्बन्धी काम गर्ने सरकारी निकाय मोटर भेइकल एड्मिनिस्ट्रेसन (एमभिए)ले नेपाली भाषीहरुका लागिसमेत सम्बन्धित भाषामा परीक्षा दिने व्यवस्था गरेको हो ।

स्थानीय नागरिक अगुवा तथा गैरआवासीय नेपाली सङ्घ एनआरएन मेरिल्यान्ड च्याप्टरले यससम्वनधी पहल गर्दै आएका थिए । डेमोक्र्याट पार्टीका तर्फबाट योङ डेमोक्र्याट्स अफ अमेरिकाका एचवी भण्डारीले रासससँग सङ्क्षिप्त कुरा गर्दै नेपाली भाषीका लागि यो एक महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिनुभयो ।

अमेरिकाको मेरिल्यान्ड नेपालीको बसोबास बढी भएको क्षेत्रमध्येमा पर्छ । केही समय अगाडि मात्रै नेपाली मूलका अमेरिकन डा श्याम कार्कीलाई मेरिल्यान्डका गभर्नर ल्यारी होगनले दक्षिण एसियाली मामिलाको आयुक्त पदमा नियुक्त गर्नुभएको थियो ।

अमेरिकामा ड्राइभिङ लाइसेन्स लिनका लागि यससम्बन्धी ज्ञानको मापन गर्न कानुनी जाँच दिनुपर्ने वैधानिक व्यवस्था रहेको छ ।

यस अगाडि यस्तो परीक्षा अङ्ग्रेजी भाषाका अलावा स्पेनिस, फ्रेन्च, कोरियन, चाइनिज, भियतनामी मूलकाले आफ्नो मातृभाषामा दिन पाउने व्यवस्था रहेको थियो ।

आगामी अक्टोबरको पहिलो सातादेखि नेपाली भाषीले गैरव्यावसायिक लाइसेन्स अर्थात् सी लाइसेन्स लिनका लागि नेपाली भाषामा परीक्षा दिन पाउने हुन् ।

यो पनि हेर्नुस – अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषा अंगीकृत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK