मेरिल्याण्ड एनईसीसीको सभापतिमा खिलेन्द्र न्यौपाने दोश्रो पटक निर्वाचित

ENGLISH

NRN GLOBAL

मेरिल्याण्ड एनईसीसीको सभापतिमा खिलेन्द्र न्यौपाने दोश्रो पटक निर्वाचित

विजय थापा, वाशिंगटन डिसी

6 November, 2017 | Sandeep Bhattarai | 1150 Views | comments

न्यौपाने

अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र(एनईसीसी )को सभापतिमा खिलेन्द्र न्यौपाने दोश्रो पटक निर्वाचित भएका छन् l

उक्त निर्वाचनमा उनी लगायत सबै पदहरुमा उम्मेद्वारहरु निर्विरोध बिजयी भएका हुन् l न्यौपाने बिराटनगर निवासी हुन् भने सन् २०१४ मा पनि उनी निर्विरोध निर्वाचित भएका थिए l

गत नोभेम्बर ४ तारिख उनि लगायत मनोनित भएका सम्पूर्ण पदाधिकारीहरुले सपथ ग्रहण लिएका थिए l उनले पशुपति बुद्ध मन्दिर निर्माण गर्न आफ्नो समितिमा कार्यकारी समिति लगायत कुल ३४ जना सहितको समिति निर्माण गरेका छन् l

संस्थाको हित ,उन्नति ,प्रगति र विस्तारको लागि मन ,वचन र कर्मले काम गर्ने सपथ ग्रहण लिएका छन् l सन् २०१४ मा ७ सदस्यीय समिति रहेता पनि यस पटक ४ वटा उपाध्यक्षहरु र उनीहरुको क्षेत्र समेत तोकिएको छ l सचिवमा २ जना सहित उनीहरुको समेत क्षेत्र निर्धारण गरिएको छ l यसै गरि उप कोषाधक्ष्यहरु २ जना गरि उनीहरुको क्षेत्र समेत तोकिएको छ l

उक्त कार्यकारी समितिमा ११ जना सदस्यहरु रहेका छन् भने समितिको पदावधि ३ वर्षको हुने छ l उनले एनईसीसीमा अध्यक्ष भए पछि कोष वृद्धि गर्ने उद्देश्यले गत ३ बर्ष देखि देउसी भैलो कार्यक्रम संचालन गरेका छन् l र यस पटकको देउसी भैलो सहित अहिले सम्म १ लाख डलर भन्दा ज्यादा देउसी भैलो बाट आर्थिक लाभ गराउन सफल भएका छन् l

केहि समय अगाडी नेपालका एक मात्र अर्बपति बिनोद चौधरीले पशुपति बुद्ध मन्दिरको लागि बुद्धको मुर्ति प्रदान गरेका थिए l र, उक्त मुर्तिको उद्घाटन बिनोद चौधरी को जीवन संगीनीले उद्घाटन गरेकी थिइन् l यसरी न्यौपानेको नेतृत्वमा पुन समिति चयन भएकोमा समुदायले सकारात्मक रुपमा लिएका छन् |

नयाँ निर्वाचित पदाधिकारीहरुमा खिलेन्द्र न्यौपाने, सभापति सरोज प्रजापति उपाध्यक्ष (बुद्ध )द्वितीय, राम चन्द्र खरेल, उपाध्यक्ष (कोष वृद्धि )लोक तिवारी उपाध्यक्ष (पशुपति )उमेश निरौला, उपाध्यक्ष ( योजना ) ,नेत्र घिसिङ्ग, महासचिव लक्ष्मण प्रधान, कोषाध्यक्ष राम चन्द्र भट्टराई, तथा उप कोषाध्यक्षमा पन्च श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् |

यसै गरि निर्वाचन समितिले संस्थालाई अझ मजबुत बनाउन र सहयोग लिने उद्देश्यले डिसी महानगर क्षेत्र वरपरका बिभिन्न व्यक्तिहरुलाई बिभिन्न पदमा मनोनित अध्यक्ष न्यौपानेले गरेका छन् l अमेरिका भरका नेपाली समुदाय तथा विशेष गरि डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको अथक प्रयासबाट सामुदायिक केन्द्र तथा मन्दिर स्थापना भएको हो l

यसै गरि संचालक समिति (बोर्ड अफ ट्रस्टी )मा कृष्ण निरौलाको नेतृत्वमा ११ सदस्यीय समिति बनेको छ l यसै गरि अध्यक्ष न्यौपाने ७ सदस्यीय सल्लाहकार समिति बनाएका छन् l

सल्लाहकारहरुमा एएनए का संस्थापक अध्यक्ष हरि शर्मा ,महेन्द्र कार्की ,प्रेम राजा महत ,एएनए का अध्यक्ष मेदिनी अधिकारी ,लेख परीक्षक हरि शर्मा ,एएनएस का पूर्व अध्यक्ष तथा नेपाल अमेरिका पत्रकार संघका निर्वाचित अध्यक्ष नगेन्द्र पौडेल तथा गणेश लाल कायस्थ लाई अध्यक्ष नेउपानेले मनोनित गरेका हुन् l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र निर्वाचन को घोषणा निर्वाचन आयुक्त महेन्द्र कार्की सहित हरि शर्मा तथा गणेश लाल कायस्थ सदस्य रहेको निर्वाचन समितिले निर्वाचन को परिणाम घोषणा गरेको थियो l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र १९८३ मा स्थापना भएको दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका(एएनए )को एक उपज हो l यसै सांस्कृतिक केन्द्रमा पशुपति बुद्ध नेपाली मन्दिर स्थापना गरिएको छ l एनईसीसीले उक्त सामुदायिक केन्द्रको सम्पूर्ण रकम भुक्तानी गरि मन्दिर पनि आफ्नै नाममा दर्ता गरि धनि पुर्जा प्राप्त गरि सकेको छ l एनईसीसी अमेरिकन सरकार अन्तर्गत पूर्ण गैर मुनाफा सामाजिक संस्थामा दर्ता भै संचालनमा रहेको छ l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK