मेरिल्याण्डमा फोटोग्राफर राजिव श्रेष्ठको ” ग्लाम क्यालेन्डर २०१८ ” सार्वजनिकका साथै तस्विर प्रदर्शनी

ENGLISH

NRN GLOBAL

मेरिल्याण्डमा फोटोग्राफर राजिव श्रेष्ठको ” ग्लाम क्यालेन्डर २०१८ ” सार्वजनिकका साथै तस्विर प्रदर्शनी

विजय थापा ,मेरिल्याण्ड

4 December, 2017 | Sandeep Bhattarai | 1450 Views | comments

तस्विर प्रदर्शनी

अमेरिकाको मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिङ्ग्समा नेपालका ख्याती प्राप्त चर्चित फोटोग्राफर (भाचित्रक)राजिव श्रेष्ठको ” ग्लाम क्यालेन्डर २०१८ ” को सार्वजनिक साथै तस्विर प्रदर्शनी भव्यताको साथ सम्पन्न भएको छ l

नेपालका चर्चित ग्ल्यामर(मनमोहकता )तस्विर खिच्ने मध्ये कै एक राजिव श्रेष्ठ द्वारा अमेरिकाको भर्जिनिया ,न्युयोर्क ,मेसेचुसेट्स राज्य तथा डिसी महानगर क्षेत्रमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरु(नमूना )युवायुवतीका उनले खिचेका छायाचित्रहरुको संग्रह गरिएका तस्विरलाई पात्रो निर्माण गर्दै “ग्लाम क्यालेन्डर २०१८ “को सार्वजनिक गरेका छन् l

श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै छन् भने अमेरिकामा रहेता पनि आफ्नो पेशालाई निरन्तर दिई रहेका छन् l अमेरिकामा रहेतामा पनि उनलाई अमेरिकामा रहेका नेपाली कलाकार ,नमूना महिला तथा पुरुष तथा कलाकार ,मोडल (नमूना) क्षेत्रमा प्रवेश गर्न चाहनेलाई समेतलाई उनले प्रोत्साहन गर्दै सहयोग गर्दै आएका छन् l

उनले नेपालमा रहदा पनि ग्लाम क्यालेन्डर (मनमोहकता भित्ते पात्रो )निकालेका थिए भने त्यसलाई अमेरिकामा पनि त्यसलाई निरन्तरता दिएको बताए l उनले नेपालमा पहिला कलाकारहरुको पोस्टकार्ड (प्रेषकपत्र) त्यसपछि पोस्टर (भित्तेपात्रो )र त्यसपछि ग्लामर क्यालेन्डर (मन मोहकता पात्रो )निकालेको बताए l

आफ्नो संक्षिप्त मन्तब्य राख्ने क्रममा नेपालमा २०६५ सालमा यामाहाले सौजन्य गरेर पात्रो निकालेको बताए l आफुले गरेका उक्त काम बाट मुनाफा कमाउन नसकेको बताए l

तस्विर प्रदर्शनी

अमेरिका आउनु मेरो सपना थियो भन्दै अमेरिकामा आएर पनि पेशालाई निरन्तरता दिएको बताए l ग्लाम क्यालेन्डर २०१८ ” को सार्वजनिक समारोहमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की प्रमुख अतिथि रहेका थिए भने भने राजदुत कार्कीले शुभकामना दिएका थिए l समारोहमा मोडल (नमुना ) रिमा केसीले उमेर ले मोडेल बन्न नछेक्ने बताउदै आफू परिवारको प्रोत्साहनले समेत यस क्षेत्रमा होमिएको बताइन l

समारोहमा राजिव श्रेष्ठ बारेमा उनको परिचय कार्यक्रम संचालिका सृजना सिंह योञ्जनले गरेकी थिइन् भने कार्यक्रममा ईनेप्लिजका तर्फ बाट विजय थापा तथा डिसी नेपालबाट खेम भट्टचनले राजिवका बारेमा बोलेका थिए l

तस्विर प्रदर्शनी

श्रेष्ठले उनले आफू विदेशमा रहेता पनि आफ्नो पेशालाई निरन्तरता दिएकोमा हर्ष व्यक्त गरेका छन् l

जापानी राजकुमार नारुहितोको नेपाल मोह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

लघु चलचित्र प्रतियोगितामा ‘अटुटनाता’ प्रथम

  नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव...

नेपाली चलचित्र रमितामा दिलिपको सानदार कमव्याक

नेपाली चलचित्रका चिर्चित नायक दिलिप रायमाझीको कमव्याक हुने भएको...

बर्लिन कार्निभलमा नेपालको सहभागिता

बर्लिन,जर्मनि । जर्मनिको राजधानी बर्लिनमा यही मे २० का...

गायक रञ्जित लामाको ‘मुसुक्क ङेमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक

चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको मुसुक्क ङेमा बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK