मेरिल्याण्डमा नयाँ बर्षमा सत्य नारायण पूजा, जुर शितलको साथै लाख बत्ती आरती गर्दै सम्पन्न

ENGLISH

NRN GLOBAL

मेरिल्याण्डमा नयाँ बर्षमा सत्य नारायण पूजा, जुर शितलको साथै लाख बत्ती आरती गर्दै सम्पन्न

विजय थापा ,वाशिंगटन डिसी

16 April, 2018 | Sandeep Bhattarai | 1440 Views | comments

अमेरिकाको मेरिल्याण्ड स्थित नेपाल सांस्कृतिक तथा सामुदायिक केन्द्र (एनईसीसी) स्थित पशुपति बुद्ध मन्दिरमा नयॉ बर्ष २०७५ भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त अवसरमा बुद्ध पूजा , सत्य नारायण पूजा, लाख बत्तीको आरती ,जुर शितल सहित बिबिध कार्यक्रमको आयोजना गरियो । उक्त मन्दिर तथा सामुदायिक केन्द्रमा नयाँ बर्षलाई भव्य रुपमा स्वागत गर्दै डिसी महानगर क्षेत्र वरपर बसोबास गर्ने नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

बिहान देखि नै ध्यान तथा बुद्ध पूजाबाट सुरु गरिएको उक्त कार्यक्रम पश्चात सत्य नारायणको पूजाको आयोजना गरिएको थियो । सत्य नारायण पूजा सामूहिक रुपमा गरिएको थियो । पहिलो पटक जनकपुर मैथिली समुदायमा हजारौ बर्ष देखि मनाउदै आएको जुर शितल समुदायको बाक्लो उपस्थितिमा मनाईएको छ । जुरको अर्थ मेलमिलाप/समन्वय र शितलको अर्थ शान्ति भएको जानकारी अमेरिका नेपाल तराई संघ (एन्टा )का अध्यक्ष विजय कुमार सिंहले बताए ।

नेपालका एक मात्र अर्ब पती बिनोद कुमार चौधरीले प्रदान गरेको बिशाल बुद्धको प्रतिमा वरपर बसेर बुद्ध ध्यान गरिएको थियो। यसै गरि सत्य नारायणको पूजा नेपाल सांस्कृतिक तथा सामुदायिक केन्द्र (एनईसीसी)भवनमा सामूहिक रुपमा गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ले औपचारिक कार्यक्रममा एनईसीसिको मुख पत्र (नमस्ते )पत्रिकाको बिमोचन गरेका थिए । यसको साथै बालबालिकाहरुले आफ्नो प्रस्तुति पनि गरेका थिए ।

यसको साथै डिसी क्षेत्रमा रहेका विभिन्न संघ/संस्थाहरुले शुभकामना आदान प्रदान समेत गरेका थिए । यसको साथै सामुदायिक भवन छेउ मै भर्खर निर्माण गरिएको मण्डप को उदघाटन फित्ता (रिवन ) काटेर राजदूत कार्कीले उद्घाटन गरेका थिए ।

मन्दिरमा आएका श्रद्धालु भक्तजन तथा नेपाली समुदायलाई भोजन गराइएको थियो ।

तस्बिर : राजिव श्रेष्ठ

टेक्ससको एचडीएनपीले नेपाली नयाँ बर्षमा घरवार बिहिनलाई त्रैमासिक खाना खुवायो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK