‘ मुन्नी बदनाम हुई डार्लिंग तेरेलिए ‘

ENGLISH

‘ मुन्नी बदनाम हुई डार्लिंग तेरेलिए ‘

14 July, 2016 | Sandeep Bhattarai | 1870 Views | comments

सर्बज्ञ वाग्ले ,अमेरिका

wagle‘ मुन्नी बदनाम हुई डार्लिंग तेरेलिए ‘ यो हिन्दी दवंग फिल्मको चर्चित गीत हो । यो गीतलाई ललित पंण्डितले लेखेका थिए भने यसलाई सुन्दर स्वर दिने ममता शर्मा र एेश्वर्या हुन् ।

जे होस् यहाँ एउटी लाडली छोरी मुन्नीलाई एउटा समाजकै उमेरदार लक्का जवान युवाले मन पराउँछ । उता रुप,रङ र उमेरले छचल्केकी चेली मुन्नीले पनि आफूलाई लालन पालन गरेर एउटा सानो रगतको डल्लोलाई हुर्काउने बाबाआमा, दाजुभाइ र इष्टमित्रको लाज ढाक्नै नसक्ने गरी भर्खर देखेकी लक्का जवानको पछाडि दगुर्छिन् । जसरी हाम्रा मुलुकमा हाम्रा चेली बेटीहरु ठीक त्यसरी नै प्रेममा अन्धो भएर दगुर्दा बम्बईको कोठीमा बेचिन पुगेका छन् ।

यहाँ विषय वा प्रशंगले अर्को अर्थ नलागेमा, म यहाँ डलरलाई मुन्नी बनाएर जोड्न चाहन्छु । हामी सम्पूर्ण एनआरएनए यानिकी आप्रवासी त्यसै हुन आएका छैनौ र होईनम् पनि ! हामी त त्यही हरियो डलरले मुन्नीको जवानीको हुस्नमा एउटा लक्का जवान फंसे जस्तै हामी यहाँ अाई पुग्दा सम्मको गन्तव्य, सोच, आस्था, विश्वास अलग अलग भएर आयौ होला तर समग्रमा संसारकै सपनाको देश अमेरिका त्यसै बनेको छैन र त्यसै दुनियालाई लोभ्याएको पनि छैन ।

वास्तवमा संसारमै पैसाको सटही डलरमा हुन्छ । यो ध्रुव सत्य कुरा हो । त्यसैले यसको भाउ वढेर होला यसले संसार चुट्यो । कसरी चुट्यो भन्नु होला जसरी मुन्नीले मुहल्ला चुटिन, गाउँ र टोल उनको रुपले चुट्यो । ठीक त्यसरी नै हाम्रो मन मस्तिष्क र सोच नै डलरले समातेको होला । तर जसरी मुन्निको रुप र रंगले वयस्क युवाको मस्तिष्कलाई जकड्याएर राखेको छ । त्यसरी नै डलरको मोहले संसारकै व्यक्तिहरुको मनस्थिती पनि जकड्याएको छ ।

जसरी मुन्नी जवानीका कारण बदनाम भइन त्यसरी हामी डलरको मोहका तथा पद, पैसा र पावरका कारणले बदनाम हुनु हुन्न् । हाम्रा पुर्खाले हाम्रो समाजमा मानिस मरेपछि सम्पूर्ण बस्त्र खोलेर मुर्दाको नांगो शरीर नदेखिनाका लागि कात्रोले छोप्ने चलन त्यसै ल्याएका होइनन् । फेरी त्यो कात्रोमा कुनै गोजी नराख्ने र सिलाएकै कपडा हुन नहुने चलन किन ल्याएका हुन् थाहाँ छ ? “अब तिमी रित्तै आयौ र रितै जानु पर्छ , खवरदार यो पृथिवीवाट नाम र कृती वाहेक केही लान पाईन्न “भनेरै रित्तै पठाउनाका लागि त्यो कात्रोको चलन चलाएका हुन र लाज ढाक्नाका लागि पनि । यहाँ मलाई अलेक्जेन्डेर महानले मुत्यु पूर्व भनेका कुराको याद आयो ।” मेरो लास लैजाँदा दुबै हात बाहिर राखिदिनु ता कि सबैले देखुन र भनुन् संसार जित्ने अलेक्जेन्डर रितो हात जाँदैछ ।”

त्यसैले हामीले वास्तवमा लानु केहि छैन । नेपाली कांग्रेसका पूर्व नेता सन्त नामले चिनिने कृष्ण प्रसाद भट्टराईले राजा बिरेन्द्र जस्तो लोकप्रिय र शक्त्तिशाली राजाको प्रेशर एका पट्टी र अर्को पट्टी बिभिन्न तह र तप्का तथा पक्ष र विपक्षहरुको माझ २०४६ सालमा प्रजातन्त्र प्राप्त पछि प्रधानमन्त्री भएर जनताले चाहेको बेलामा सबैलाई कुटनीतिक ढंगले आ-आफ्नो स्थानमा राखेर संविधान भन्दा माथिको राजालाई संवैधानिक राजातन्त्र, पूर्ण लोकतन्त्र राखेर जनतालाई संविधान दिए । उनले प्रधानमन्त्रीको क्वाटर छोडदा एउटा छाता, पानी खाने सुराही र थोत्रो वाकसको ट्यांका बोकेर अर्काको घरमा शरण लिन पुगे । उनलाई न त त्यतिबेला बस्ने घर, चड्ने गाडी र फेरी प्रधानमन्त्री बन्न र राजनीति गर्न पैसा चाहियो ।

न त केही कुराको माँग तथा आवश्यकतै महसुश भयो । के त्यतिबेला स्वर्गिय कृष्ण प्रसाद भट्टराईलाई अलिकती पनि आलीशान महल,पजेरो र करोडौ अर्वौको बैक व्यालेन्सको आशा भएको भए । उनको एक ईशारामा करौडौ अर्बौ जम्मा गदिर्ने ठूला- ठूला व्यापारी लगायत, जो कोहिले पनि जम्मा गरिदिन्थे र स्वयं उनले पनि विभिन्न स्रोतवाट अर्थात भ्रष्टाचार गरेरै पनि जम्मा गर्न सक्थे । तर आज त्यो महल,पजेरो र बैक व्यालेन्सले उनलाई उनको भित्रि आत्मालाई पोलिरहेको हुन्थ्यो । सारा तीनकरोड पचास लाख नेपालीले श्राप गरिरहेका हुन्थे ।

नेपाली कांग्रेसले उनलाई वास्ता नगरोस तर उनको यही महानता सम्झेर आज ठूला-ठूला कुर्चीमा बसेकाहरुको अौकात सडकमा हुन्थ्यो । किन भने संसारकै इतिहासमा एउटा प्रधानमन्त्री सर्दा थोत्रो वाकस, पानी खाने सुराही, थोत्रो छाता र लठ्ठी मात्रै बोकेर अर्काको घरमा शरण लिन पुग्ने कुनै नेता नै छैनन् ।

गणेशमान जस्तो प्रधानमन्त्रीको पद कृष्ण प्रसादलाई दिएर त्यागको परिचय दिने महात्मा गान्धी बाहेक अर्को को छ ? वि पी जस्तो “मलाई ठूलो मानिस भनेर कसैले नचिनुन, एउटा असल मानिस भनेर चिनुन” भन्ने र त्यसै अनुसारको कर्म गर्ने महान लेखक साहित्यकार, दार्शनिक, तथा सबै -सबै गुणले भरिपूर्ण व्यक्तित्वका चेलाहरुले अमेरिकामा चेकको लडाईं घरबाहिर जताततै छताछुल्ल फेसबुक तथा आफ्ना भित्ता वाल र पत्रपत्रीकामा ल्याए भन्ने सुन्दा लोकतन्त्रमा आस्था गर्ने जो कोहिको पनि आज लाजले टाउको घोषे हुन पुगेको छ । चाहे वरिष्ठ नेता प्रचण्डजी का प्रचण्ड पथकै कुरा किन नहुन अब के गर्ने त ? अब दु:खेको मन बुझाउन “मुन्नी बदनाम हुइ डार्लिङ तेरेलिए ” भन्ने गाना सुनेर बस्ने हुन्न र हजुर ?

त्यसै बिषयमा चाणक्य नीतिमा भन्छ । “कुनै पनि देशलाई बर्बादिमा लैजानाका कारण मध्ये एउटा कारण त्यो देशको युवाहरु र पढे लेखेका विद्वान जुनले बुझेर र सक्ने भएर पनि भन्छन कि मलाई राजनीति भने पछि घृणा लाग्छ, मन पर्दैन, एउटा कुरा याद राख्नुहोस राजनीतिले नै कुनै पनि देशको भविष्यको सुन्दर बाटो तय गर्न सक्छ ।” तर सच्चा चरित्र हुनु पर्छ नत्र भने त्यही ‘ मुन्नी वदनाम हुई डार्लिंग तेरे लिए” भन्याझै क-कसको लागि हो र के के हुन्छ हेर्न बाँकी नै छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK