मुदीमा सडक पुर्याउन सात करोडको आयोजना सुरु

ENGLISH

मुदीमा सडक पुर्याउन सात करोडको आयोजना सुरु

29 May, 2017 | Bhawana Pathak | 1510 Views | comments

धौलागिरि गाउँपालिका–४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्न रु सात करोडभन्दा बढी लागतको आयोजना सुरु भएको छ ।

मुदीलाई सडक सञ्जालसँग जोड्नका लागि ताकम–मुना–दर–मुदी सडक आयोजना निर्माण सुरु भएको हो । मुनादेखि मुदीसम्म जोड्ने पाँच किलोमिटर ५०० मिटर सडक निर्माणका लागि रु सात करोड २५ लाख लगानी हुने उपभोक्ता समितिका अध्यक्ष गणेश घर्ती पुनले बताउनुभयो ।

चालु आवमा जिल्ला समन्वय समितिको विभिन्न तीन वटा शीर्षकमा रु ८२ लाख अनुदानमा मुनादेखि दर हुँदै मुदीतर्फ सडकको ट्याक खोल्ने काम तीव्ररुपमा अघि बढेको छ । मुना, दर हुँदै साविक मुना र मुदी गाविसको सीमा क्षेत्र धित छहरासम्म ट्याक खोलिएको छ ।

जिल्ला समन्वय समितिमार्फत स्थानीय पूर्वाधार यातायात कार्यक्रमको रु १२ लाख र गाविस जोड्ने सडक आयोजना शीर्षकको रु ३० लाख बजेट विनियोजन भएको सो योजनालाई अर्थ मन्त्रालयले थप रु ४० लाख बजेटको स्रोत सुनिश्चितता गरेको छ ।

उपभोक्ताले कुल लागतको १३ प्रतिशत बराबरको सहभागिता जनाउनुपर्नेछ । गत वर्ष रु दश लाखमा एक किलोमिटर ट्याक खोलिएको थियो । कडा चट्टानी पहाडमा सडक निर्माण गर्नु परेकाले धेरै खर्च हुने अध्यक्ष पुनले बताउनुभयो । आगामी वर्ष मुदीसम्म सडक पु¥याउने लक्ष्यसहित आर्थिक स्रोत जुटाउन सरकारी निकाय र स्थानीय स्तरमा पहल गरिएको छ ।

सो सडक निर्माण भएमा मुदी, खिवाङ, नेरवाङ, बगर, नाउरा, चेचुङलगायत बस्तीका करिब एक हजार घरधुरी लाभान्वित हुने भएका छन् । स्थानीय बासिन्दा, धौलागिरि आरोहण र पदयात्रामा जाने पर्यटकलाई आवतजावतका साथै सामान ढुवानी र त्यहाँ उत्पादित कृषिउपज, जडीबुटी निकासी गर्न सहज हुने अपेक्षा गरिएको उपभोक्ता समितिका दलमान पुनले बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK