मीरा राई बनिन विश्वकै साहसी वर्ष व्यक्ति

ENGLISH

SPORTS

मीरा राई बनिन विश्वकै साहसी वर्ष व्यक्ति

माओवादी पूर्व लडाकु उनलाई अनमिनले अयोग्य घोषित गरेको थियो

27 January, 2017 | Yadab Devkota | 1145 Views | comments

mira

माओवादी लडाकु बनेर जनयुद्ध लडेकी तर सेना समायोजनका क्रममा लडाकु बन्न अयोग्य ठहरिएका मीरा राई अहिले विश्वकै साहसी महिलाका रुपमा चर्चित बनेकी छिन् ।

अनमिनले अयोग्य लडाकु घोषित गरेपछि खेल क्षेत्रमा लागेर विश्वचर्चित बनेकी अल्ट्रा म्याराथन धाविका मिरा राई विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा विजयी भएपछि साहसी महिला बन्न पुगेकी हुन् ।

अनलाईन भोटिमार्फत उनी विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा पहिलो भएको नेशनल जोग्राफीले जनाएको छ ।

विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राईले नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर)मा आफूलाई अब्बल देखाएकी छन् ।

नेसनल ज्योग्राफिकले राईसहित १० जनालाई मनोनयनमा पारेको थियो । बाह्र वर्षदेखि सञ्चालन हुँदै आएको यो प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ । छनौटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्नु पर्ने हुन्छ । सर्वाधिक भोट ल्याउने राई यस वर्षको वर्षको साहसिक व्यक्ति भएकी हुन् ।

भोजपुरकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन क्रममा उनी अयोग्य ठहरिएकी थिइन् ।

उनले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिमसमेत लिइन् । सेना समायोजन क्रममा अयोग्य भएपछि मात्रै उनको खेल जीवन सुरु भएको थियो ।

मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन् । उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन् ।

अल्ट्रा म्याराथनलाई खेलकुदको कुनै पनि उच्च निकाय र एथ्लेटिक संघले समेत बेवास्ता गर्दै आएको छ। खेलाडीले आफ्नै लगानी र विभिन्न व्यक्तिको सहारा लिनुपर्ने बाध्यता नेपाली खेलकुदमा छ। विश्व एथ्लेटिक महासंघले सम्बन्धित देशको एथ्लेटिक संघले नै अल्ट्रा म्याराथन व्यवस्थापन गर्नुपर्ने भने पनि नेपालमा हालसम्म यसतर्फ काम भएको छैन।

विगत दुई वर्षमा सफलता हात पार्दै मीरा केही समयअघि मात्र विश्वको दोस्रो स्थानमा उक्लेकी थिइन्। उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन् ।

त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्। त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो। राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

समुद्र गिरीको दोहोरी गीत ‘रोधि घरमा झरेसी’ सार्वजनिक

कलाकार समुद्र गिरीको दोहोरी गीत ‘रोधि घरमा झरेसी’ गीति...

गायक प्रमोदको ‘हावा सरी’ सार्वजनिक (भिडियो सहित)

गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको गीत ‘हावा सरी’...

विश्वकप छनोटमा नेपालको प्रदर्शन कस्तो रहला

नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK