मिस युनिभर्सको लागि नग्मा श्रेष्ठ अमेरिका जाँदै

ENGLISH

NRN GLOBAL

मिस युनिभर्सको लागि नग्मा श्रेष्ठ अमेरिका जाँदै

2 November, 2017 | Sandeep Bhattarai | 2645 Views | comments

नग्मा श्रेष्ठ

नेपालको सर्वाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजना गर्दै आएको संस्था द हिडेन ट्रेजरले आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा घोषणा गरेको पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ आउँदो नोभेम्बर ६ मा अमेरिका जाँदै छिन् ।

पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी आफ्नो सम्पूर्ण तयारी पुरा गरेर उक्त प्रतियोगितामा सहभागी हुन् जान लागेको जनाएकी छिन् । विगत केहि महिना यता गरिरहेको तयारी तथा उनले मिस युनिभर्समा आफूलाई प्रस्तुत गर्ने विविध कुराको जानकारी दिन बुधबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

राजधानीको अन्नपूर्ण होटेलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो आत्मविश्वास समेत प्रस्तुत गरिन । ’प्रेस प्रिजेन्टेसन’ नाम दिइएको कार्यक्रममा नग्मा विभिन्न डिजाइन समेत प्रस्तुत गरेकी थिइन् ।

६६ औ मिस युनिभर्सको आयोजना अमेरिका स्थित लास भेगासमा आउँदो नोभेम्बर २६ मा हुनेछ, जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै जाँदै छिन् । मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि अहिले सम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भने भएको थिएन ।

पछिल्लो समय सन् २०१७ को मिस नेपालको आयोजना भएसंगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ की मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त टाइटल दिंदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो । नग्माले मिस युनिभर्समा नेपाली भेष भुषालाई प्रवर्धन गर्ने्छिन् भने उनी अलंकृत पोशाक, शिरमा मण्डला शैली उपकरण सहित शिष्ट र सौम्य रुपी सेतो परिपुरक वस्त्रमा समेत देखिने छिन् ।

नग्मा श्रेष्ठ – नेपालले पहिलो पटक मिस युनिभर्समा सहभागिता जनाउदै गर्दा निकै खुसि थिए र उक्त प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै म नै पहिलो पटक जान पाउदा खुसिसँगै जिम्मेवारी पनि बढेको छ । म आफै पनि मिस नेपाल अर्थ भईसकेपछि विभिन्न ब्युटी प्याजेन्टमा सहभागी भएको हिसाबले पनि केहि अनुभव त छ नै साथै मैले विभिन्न विधाको प्रशिक्षण पनि लिएकी छु ।

यो मेरो सपना थियो, जसलाई पुरा गर्ने अवसर पाएको छु । यसको तयारीमा मैले केहि कसर बाँकी राखेकी छैन तर मेरो तयारीसँगै तपाइको भोट पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले नोभेम्बर २६ मा हुने मिस युनिभर्समा मेरो मेहनतलाई सार्थक बनाउँन तपाईले पनि भोट गर्नु पर्ने हुन्छ । त्यो भोट मेरो लागि आशिर्वाद हुनेछ भने मेरो मेहनतलाई पनि सार्थक बनाउनेछ । मैले त्यहाँ आफ्नो देशको मौलिक पहिरनलाई फोकस गर्दै आफुलाई प्रस्तुत गर्नेछु ।

नग्मा श्रेष्ठ

गोपाल सुन्दर लाल कक्षपति – हाम्रो पहिले नै फ्रेनचाइज नपाएका भने हैनौ तर यसलाई निरन्तरता दिने आर्थिक स्थितिमा भने हामी थिएनौ । तर अब यसलाई हामी निरन्तर अगाडी लग्नेछौ ।

पहिलो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा नाम कमाउन सफल कलाकार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK