‘मिस नेपाल यूएस’ ड्यालसमा हुने

ENGLISH

NRN GLOBAL

‘मिस नेपाल यूएस’ ड्यालसमा हुने

12 May, 2018 | Kunjar Bhattarai | 2005 Views | comments
विजय थापा- अमेरिकामा सन् २०११ देखि सफलता पूर्वक सम्पन्न गर्दै आएको मिस नेपाल यूएस(मिस नेपाल अमेरिका) प्रतियोगिता यो बर्ष टेक्ससको ड्यालसमा हुने भएको छ ।  
 
आयोजकले एक छापा विज्ञप्ति मार्फत अमेरिकाका नेपाली समुदायले दिएको हौशला ,अपार माया, सद्भाव तथा सहयोग प्रति धन्यवाद दिएका छन् । यसलाई अझ व्यवसायिक तथा स्तरीय बनाउन झन्डै २ बर्ष खर्चिएको बताएका छन् ।  
 
उक्त  विज्ञप्तिमा यसलाई अर्को स्तरमा पुर्याउन र व्यापक बनाउन अनुसन्धान र विशेषज्ञहरूसँग गहिरो परामर्श पछि मिस नेपाल यूएस छैठौ संस्करण गर्न तत्पर रहेको जानकारी दिएका छन् । 
 
यस वर्ष  नेपाल अमेरिका आगामी अगस्ट १९ ,२०१८ आइतबार हुने भएको छ । नेपाल 11 इन्टरटेन्टमेन्टको नयाँ व्यवस्थापन अन्तर्गत ड्यालस टेक्ससमा आयोजित गरिने भएको छ। नेपाली मूलका १८ देखि २५ बर्ष उमेरका महिलाले यो प्रतियोगितामा सहभागिता लिन पाउने छन् । 
 
विजेतालाई अध्ययनको लागि $ ५ हजार को आकर्षित छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिताको अन्तिम चरणमा विशेषज्ञहरुको साथमा बिस्तृत प्रशिक्षण प्राप्त गर्ने छन् ।
 
आयोजकले अमेरिकामा संचालनमा रहेका सबै संचार माध्यमलाई  नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्नका लागि अनुरोध समेत गरेका छन् । 
 
बिस्तृत जानकारीको लागि  आयोजकले यस ईमेल मार्फत Organizer@missnepalus.com सम्पर्क गर्न आग्रह गरेको छ । 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK