‘मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल’ हुँदै

ENGLISH

TRAVEL

‘मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल’ हुँदै

पश्चिम नेपालमा असोज २६ र २७ मा अडिसन

8 October, 2018 | Sandeep Bhattarai | 2425 Views | comments

मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै प्लानेट मल्टिमिडिया ईन्टरनेशनलले अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स नेपाल’ आयोजना गर्ने भएको छ ।मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स विश्वब्यापी रुपमा सञ्चालन हु“दै आएको म्यान्मारको सौन्दर्य प्रतियोगिता हो ।

४० भन्दा बढी देशका प्रतियोगिहरु सहभागी हुने उक्त प्रतियोगिता नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै आयोजना हुन लागेको आयोजक संस्थाका प्रमुख मोनित मर्हजनले जानकारी दिएका छन् । यो प्रतियोगिता नेपालको सबै प्रदेशको पर्यटन तथा संस्कृति झल्कने गरी देशको ९ ठुला शहरमा आयोजना हुँदैछ । प्लानेट मल्टिमिडिया ईन्टरनेशनलले आयोजना गर्ने यो प्रतियोगिताले युवालाई लक्षित गरेको छ । १८ वर्षदेखि २८ वर्ष उमेर समूहका महिला तथा १८ देखि ३५ वर्ष उमेर समूहका पुरुषले यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको ग्राण्ड फिनालेका विजेताले म्यानमारमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनुका साथै नेपालको पर्यटन तथा संस्कृतिमा एक विशेष प्रस्तुतीकरण दिने मौका पाउने छन् । यसका साथै प्रदेशस्तरका प्रतियोगिताका विजेत पुरस्कार स्वरुप विभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।

नेपालका सातै प्रदेशमा आयोजना हुने अडिसन तथा स्थानिय प्रतियोगितापछि काठमाडौंमा ग्राण्ड फिनाले गरिने उक्त प्रतियोगिताको प्रदेश नम्बर ३ को पहिलो चरणको अडिसन हालै सम्पन्न भएको छ । पहिलो चरणको अडिसनमा अभिनेत्री सुरक्षा पन्त, कोरियोग्राफर आश्विनी झा, कोरियोग्राफर सृष्टि घिमिरे तथा व्यवसायी रजत काब्रा निर्णायकको रुपमा रहेका थिए ।

‘मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनिभर्स’ सौन्दर्य प्रतियोगिता मात्र नभई आफुमा भएको प्रतिभा विश्व सामु चिनाउने अवसर समेत हो, आयोजक संस्थाका मोनित महर्जन भन्छन्–‘प्रतियोगिताको मुख्य उदेश्यभ भनेकै नेपालको पर्यटन तथा मौलिक संस्कृति विश्वसामु चिनाउनु हो ।’

प्रत्येक क्षेत्रमा हुने स्थानियस्तरको प्रतियोगिताबाट तीन–तीन जना महिला तथा पुरुष विजेताहरु काठमाडौंमा हुने प्रतियोगिताको ग्राण्ड फिनालेका लागि छनोट हुनेछन् ।

पश्चिम नेपालमा असोज २६ र २७ मा अडिसन

आयोजक संस्थाले क्षेत्र नम्बर ७ अर्थात सुदुर पश्चिमका लागि यही असोज २६ तथा २७ गतेका लागि अडिसनको मिति तोकेका छन् । असोज २६ गते शुक्रवार महेन्द्रनगरमा अडिसन कार्यक्रम राखिएको छ भने असोज २७ गते शनिवार धनगढीमा अडिसन सम्पन्न हुनेछ । दुबै अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरु दसैंपछि आयोजना हुने सुदुर पश्मिाञ्चलस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । उक्त प्रतियोगिताका तीन–तीन जना (महिला तथा पुरुष) विजेता काठमाडौंमा सम्पन्न हुने ग्राण्ड फिनालेका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको लागि अनलाइन फाराम यहाँ उपलब्ध छ

https://goo.gl/v5G2Mh

प्रतियोगिताका अन्य स्थानका अडिसन तथा इभेन्टको विवरण :

दमक: Nov 23_Friday, (मङ्सिर ७) 2nd event
First Audition- Oct 19 (कार्तिक २) – दमक
Second Audition- Oct 22 (कार्तिक ५) – बिर्तामोड

Third Audition – Oct 24 (कार्तिक ७) – बिराटनगर
Fourth Audition- Oct 25 (कर्तिक– ८) – इटहरी
Fifth Audition – Oct 27 (कार्तिक –१०) – धरान
Training- Oct 28 (कार्तिक– ११)

काठमाडौं: Dec 8 (मङ्सिर 22) 3rd event
First Audition- Sep 29 (अशोज १३)
Second Audition – Nov 3 (कार्तिक १७)
Training Start- Nov 17 (मङ्सिर 1)

पोखरा: Dec 29 (पौष १४) 4th event
First Audition- Nov 24 (मङ्सिर ८)
Second Audition- Dec 1 (मङ्सिर १५)
Training Start- Dec- 25 (मङ्सिर १८)

चितवन: Jan 14 (पौष 30- Monday) 5th event
First Audition – Dec 15 (मङ्सिर २९) – हेटौंडा
Second Audition – Dec 22 (पौष ७) – नारायणघट
Training Start – Dec 26 (पौष ११)

बुटवल: Feb 9 (माघ 26) 6th event
First Audition- Jan 12 (पौष २८) – भैरहवा
Second Audition- Jan 19 (माघ ५ ) – बुटवल
Training Start- Jan 21 (माघ ७)

सुर्खेत: Feb 23 (फाल्गुन 11) 7th event
First Audition- Mar- 2 (माघ १९) – सुर्खेत
Training Start – Mar 6 (माघ २३)
नेपालगन्ज: Mar-9 (फाल्गुन 25) 8th event
First Audition- Feb 16 (फाल्गुन ४) – नेपालगन्ज
Training Start- Feb 17(फाल्गुन ५)

लाहान: Apr 6 (चैत्र 23) 9th event
First Audition- Feb 23 (फाल्गुन ११) – बिरगंज
Second Audition – Mar 2 (फाल्गुन १८) – बर्दिबस
Third Audition – Mar 10 (फाल्गुन २६) – लाहान
Training Start- Mar 15 (चैत्र १)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK