मिर्गौलापीडित सुमनलाई बेलायतबाट चार लाख भन्दा बढी सहयोग

ENGLISH

NRN GLOBAL

मिर्गौलापीडित सुमनलाई बेलायतबाट चार लाख भन्दा बढी सहयोग

6 November, 2018 | Sandeep Bhattarai | 2565 Views | comments

सहयोग

दुवै मिर्गौला बिग्रिएर उपचार गराइरहनुभएका तनहुँको व्यास नगरपालिका–७ छापथोक निवासी २७ वर्षीय सुमन गुरुङलाई बेलायतमा रहेका तनहुँवासीले रु चार लाख ३७ हजार ५५० सहयोग गरेका छन् ।

जिल्लाको क्यामिन, रिस्ती, सतिस्वाँरा र पुर्कोट घर भई हाल रोजगारीको सिलसिलामा बेलायतमा रहेका तनहुँवासीको संस्था तीन दोभान समाज बेलायतमा आबद्ध सदस्यले मिर्गौलापीडित गुरुङको मिर्गौला प्रत्यारोपणका लागि उक्त रकम सहयोग गरेका हुन् । समाजमा २५० सदस्य आबद्ध छन् ।

समाजका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले आज दमौलीमा गुरुङका आमाबिना गुरुङलाई रकम हस्तान्तरण गर्दै गुरुङको अवस्थाका बारेमा जानकारी पाएलगत्तै समाजका सदस्यसँग रकम सङ्कलन गरिएको बताउनुभयो ।

समाजका सल्लाहकार सुन्दर गुरुङले पीडितको उपचारका लागि थप सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । पीडितका आमा गुरुङले छोराको उपचारका लागि सहयोग जुट्नेक्रम शुरु भएकाले मिर्गौला प्रत्यारोपण हुनेमा विश्वस्त रहेको बताउनुभयो । छोरालाई आफ्नै परिवारका सदस्यमध्येबाट मिर्गौला प्रत्यारोपणका लागि मिर्गौला दिने आमा बिनाले बताउनुभयो । तीन वर्षअघि रोजगारीको सिलसिलामा साउदी पुग्नुभएका गुरुङ दुवै मिर्गौला बिग्रेपछि एक महीनाअघि मात्रै घर फर्किनुभएको थियो ।

साउदीमा रहँदा नै डायलासिस गराउन थाल्नुभएका उहाँले हाल काठमाडौँस्थित ग्रिनसिटी अस्पतालमा डायलासिस गराइरहनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि करीब रु आठ÷नौ लाख लाग्ने चिकित्सकले बताएको गुरुङले जानकारी दिनुभयो ।

प्रवासबाट मिर्गौलापीडित पुतलीलाई आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK