मितेरी समाज युएईले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्दै

ENGLISH

NRN GLOBAL

मितेरी समाज युएईले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्दै

दामोदर दाहाल, युएई

23 February, 2017 | Sandeep Bhattarai | 930 Views | comments

मितेरी समाज युएईयुएईमा रहेका नेपालीहरु माझ सामाजिक कार्यमा सधैं अग्रणी भुमिका निभाउँदै आएको मितेरी समाज युएईले आफ्ना सदस्यहरु बिच आउदो ३ मार्चका दिन प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

अल ऐनको किनारा रेष्टुरेन्टमा हुन लागेको उक्त कार्यक्रममा युएईमा रहँदा पालना गर्नुपर्ने आधारभूत ट्राफिक नियम लगायतका अरु यहाको कानुनि नियमको बारेमा जानकारी दिने बताइएको छ। यहाँ रहेका कतिपय नेपालीहरुलाई युएईको सामान्य नियम कानुन पनि ज्ञान नभएर या थाहा हुँदाहुँदै पनि सानातिना लापरबाहीको कारणले गर्दा ठूला घटना घटिरहेको अवस्थालाई मध्यनजर गर्दै समाजले आफ्ना सदस्यहरुलाई यस विषयमा सचेत गराउन यस्तो कार्यक्रम आयोजना गर्न लागिएको समाजका संरक्षक प्रेम रिजालले हिमालय अनलाइन लाइ जानकारी दिएका छन।

मितेरी समाज युएईकार्यक्रममा समाजसेवा के हो र यसलाई कसरी समाजमुखी र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अन्तरक्रिया समेत गरिने भएको छ। सोही अवसरमा समाजका अध्यक्ष तथा संरक्षकबाट मितेरी समाज स्थापना पश्चात हालसम्म गरेका कार्यबारे जानकारी, भावी योजना र सदस्यहरुको चासोलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको संरक्षक रिजालले बताए।

युएईको अल ऐन शहरलाई मुख्य आधारक्षेत्र बनाएर २०१४ सेप्टेम्बरमा स्थापना भएको मितेरी समाजले नेपालमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ जस अन्तर्गत अनाथ बालबालिकाहरुको लागि, बृदाश्रम, क्यान्सर पिडित तथा भुकम्पबाट प्रभावित स्कुलमा पनि सहयोग गर्दै आफ्नो सामाजिक गतिविधि मार्फत प्रबासमा रहेका नेपालीहरुको मन जित्न सफल भएको छ ।

आउदो कार्यक्रमको लागि युएईमा रहका नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरिएको छ ।

नेपालीका लागि युएईमा निशुल्क स्वास्थ्य शिविर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK