मान बहादुर के.सी. ‘मुस्कान’ यूएई

ENGLISH

NRN GLOBAL

मान बहादुर के.सी. ‘मुस्कान’ यूएई

22 July, 2017 | Bhawana Pathak | 595 Views | comments

आपत्ति र बिपत्तीका परेका बेला सहयोग गर्नका लागि सधैं अग्र पंतिमा रहने सुदूर पश्चिम सेवा समाज यूएईले स्वर्गीय दिपक कार्कीको परिवारलाई रु ६२,३३० ( बयासट्ठी हजार तीन सय तिस रुपैया ) आर्थिक सहयोग गरेको छ ।

आर्थिक सहयोग रकम सुदूर पश्चिम सेवा समाज यूएईका भुतपुर्ब अध्यक्ष चेत बहादुर थापा ‘चेतन’ र भुतपुर्ब सदस्य धनीराम भण्डारीले कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको कार्यकक्षमा स्वर्गिय कार्की कि धर्मपत्नी जानकी देबी कार्कीको हातमा संयुक्त रुपमा नगद हस्तान्तरण गरेको हो ।

बझाङ जिल्ला खिरातडी -२ घर भई अबुधाबीको किलिन्को ट्रेडिङ ईम्पोर्टइङ एण्ड सर्भिसेस नामक कम्पनीमा कार्यरत कार्कीको गत २६ अप्रिल २०१७ का दिन २९ बर्षको कलकलाउदो उम्मेरमा हृदयघातका कारण ज्यान गएको थियो ।

उक्त आर्थिक सहयोग रकम हस्तान्त्रण गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सुदूर पश्चिम सेवा समाज यूएईले गर्दै आएका समाज सेवाका कामहरुको खुलेर नै प्रशंशा गर्नुका साथै मानबिय कार्यमा पुर्याउदै आएको उल्लेखनिय योगदानको बारेमा सुनेर खुशी लागेको जिज्ञासा राख्दै आउँदा दिनमा पनि समाजले सदा बैदेशिक रोजगारीको शिलशिलामा कार्यरत यूएई बाशी नेपालीहरुका समस्या र नेपालमा हुने आपत्ति, बिपत्तीमा मानबिय सहयोग गर्दै गरोस् भनि शुभकामना दिनु भएको थियो ।

सहयाेग रकम बुझ्दै स्वर्गीय कार्की कि धर्म पत्नी जानकी देबी कार्कीले दु:खद घडिमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु र सुदूर पश्चिम सेवा समाज यूएई प्रती हार्दिक आभार प्रकट गरेको चेतन थापाले हामीलाई बताए । स्मरणिय रहोस् स्वर्गीय दिपक कार्कीको परिवारमा बुढा आमा बुवा, श्रीमती, तीन नाबालक छोरी र एक भाई छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK