मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गर्न आग्रह

ENGLISH

मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गर्न आग्रह

19 November, 2017 | Bhawana Pathak | 715 Views | comments

जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले अध्ययन, विभिन्न पेशा व्यवसायमा संलग्न भई विदेशमा रहेका नेपालीले मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गरी महत्वपूर्ण सहयोग गर्नसक्ने बताउनुभएको छ ।

जर्मनीको बोनमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)को २३ औँ सम्मेलन (कोप–२३) मा यहाँ आउनुभएकी मन्त्री चौधरीले नेपाल जर्मन मैत्री संघद्वारा आयोजित स्वागत कार्यक्रममा विश्वका जुनसुकै देशमा रहेका नेपालीले पनि नेपालको स्वाभिमान बढाउने काम गरेमा नेपाललाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन र स्वाभिमान बढाउन सकिने उल्लेख गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभू बुढाथोकीले मुलुक राजनीतिक संक्रमणबाट स्थिरतासँगै आर्थिक समृद्धिमा लागेकाले विदेशमा रहेका नेपालीले आफ्नो सीप, दक्षता र आर्थिक लगानी स्वदेशमै लगाउन आग्रह गर्नुभयो । विश्वका प्रायः सबै समृद्ध मुलुकले एउटा पुस्ताले गरेको त्यागबाट नै विकासको फड्को मार्न सकेको बताउँदै उहाँले अब नेपालले पनि त्यस्तै फड्को मार्ने समय आएको छ भन्नुभयो ।

नेपाल जर्मन मैत्री संघका अध्यक्ष तथा महावाणिज्यदूत रामप्रताप थापाले जर्मनी सरकार नेपालको आर्थिक विकासमा जस्तोसुकै सहयोग गर्न तयार रहेको र त्यसका लागि सरकारीस्तरमा वार्ता हुनुपर्ने बताउँदै डायस्फोरा अर्थतन्त्रका बारेमा अध्ययनको खाँचो औँल्याउनुभयो । सो अवसरमा जर्मनीमा रहेका विभिन्न पेशा व्यवसायमा संलग्न एवम् विद्यार्थीको उपस्थिति रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK