माओवादी नै मधेसको असली मित्र : दाहाल

ENGLISH

माओवादी नै मधेसको असली मित्र : दाहाल

3 September, 2017 | Bhawana Pathak | 1185 Views | comments

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी नै मधेसको असली मित्र रहेको दाबी गरेका छन् ।

शनिबार वीरगन्जमा पार्टीको सचिवालय बैठकपछि पत्रकारलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विद्रोहकालदेखि नै मधेसको पहिचान र अधिकारका लागि लड्ने पार्टी नै माओवादी भएको बताए । ‘यो विषय विद्रोहकालदेखि नै स्थापित हुँदै संविधान संशोधनसम्म सबैले बुझेका छन्,’उनले भने, ‘मधेसी जनताको लागि आवाज उठाउने पार्टी नै माओवादी हो ।’

पछिल्लो समय प्रदेश नम्बर दुईमा पार्टी प्रवेशको लहरले एकदमै उत्साह थपेको उनले सुनाए । आइतबार पनि पर्सा र सर्लाहीमा ठूलो संख्यामा पार्टी प्रवेश हुने उनले जनाए । मधेस केन्द्रीत दलका शीर्ष नेतृत्व नै कार्यकर्तासहित पार्टीमा प्रवेश गरेपछि प्रदेश नम्बर दुईमा आगामी असोज दुई गते हुने स्थानीय निर्वाचनमा पार्टी एक नम्बर बन्ने दाबी उनले गरे । ‘सचिवालय बैठकमा पनि मधेसीका हक अधिकारका लागि पार्टीले गरेको योगदानबारे चर्चा गरिएको छ,’ उनले भने, ‘पार्टीले मधेसका लागि गरेको काम जनताको माझमा लैजान भनेको छु । मधेसमा पार्टीलाई एक नम्बर बनाउन हामी दृढतापूर्वक लागिपरेका छौँ ।’
प्रदेश नम्बर दुईमा परिवर्तनकारी शक्तिलाई विजयी बनाउने उद्देश्यका साथ वीरगन्जमा सचिवालय बैठक गरिएको उनले खुलाए । यसअघि भएका दुई चरणका निर्वाचनझैं पार्टीले प्रदेश नम्बर दुईका निर्वाचनमा पनि तालमेल गर्ने सम्भावना खुल्ला राखेको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरसँग तालमेल गर्न सक्छौँ,’ अध्यक्ष दाहालले भने, ‘राजपा, संघीय फोरम र लोकतान्त्रिक फोरमलाई तालमेलका लागि प्राथमिकतामा राखेका छौँ ।’

हालै गएको बाढीका कारण मधेसमा ठूलो क्षति भएकाले पुनर्निर्माण प्राधिकरण गठन गर्ने कि संकटग्रस्त क्षेत्र घोषणा गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको उनले बताए ।

निर्वाचनपछि परिवर्तनकारी शक्तिले राम्रो परिणाम ल्यायो भने दुई तिहाई पुर्‍याएर संविधान संशोधन गर्न सकिने उनले बताए । ‘निर्वाचन क्षेत्र निर्धारणप्रति मधेसकेन्द्रित दलको मात्र हैन हाम्रो पनि असन्तुष्टि छ,’ उनले भने, ‘यो एकदमै जटिल प्रक्रिया हो, यसमा सबैको चित्त बुझाउन सकिँदैन ।’

एक नेताका अनुसार अगामी निर्वाचनको रणनीति बनाउन र विवादित ठाउँका उम्मेदवार छनोटबारे सचिवालय बैठकमा छलफल भएको थियो ।

नेकपा माओवादी केन्द्रले बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्लाको रुपमा घोषणा गर्न सरकारसँग माग गरेको छ ।

माओवादी केन्द्रको वीरगञ्जमा शनिबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले तराई/मधेसका जिल्लाहरुमा ठूलो धनजनको क्षति भएको र जनजीवन कष्टकर बनेको निष्कर्ष निकाल्दै ती जिल्लाहरुलाई संकटग्रस्त घोषणा गरी राहतको विशेष प्याकेज सञ्चालनको माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले भने, ‘मधेसमा बाढीबाट ठूलो धनजनको क्षति भएको छ, यसले हामीलाई निकै संवेदनशील बनाएको छ । तराई/मधेसका बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र पुनर्स्थापनाको कामलाई तीव्र पार्न सरकारसँग गम्भीर रुपमा कुरा राख्‍ने छौं ।’

त्यस्तै बैठकले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निर्वाचन अभियानलाई तीव्र पार्ने निर्णय पनि गरेको अध्यक्ष दाहालले जानकारी दिए । उनका अनुसार २ नम्बर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तीव्र पार्ने निर्णय भएको छ ।

राजनीतिक ध्रुविकरणको अभियानले माओवादी केन्द्रमा नयाँ उत्साह र आत्मविश्वास बढेको भन्दै राजनीतिक ध्रुविकरणको अभियानमा जोड दिने निर्णय पनि गरिएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले संविधान संशोधन विधेयक एमालेको चरम नश्लवादी सोच र राप्रपा विभाजनले असफल भएको भन्दै संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने बताए ।
-कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK