माओवादी अध्यक्ष दाहाल र उपेन्द्र यादब अष्ट्रेलिया जाने

ENGLISH

NRN GLOBAL

माओवादी अध्यक्ष दाहाल र उपेन्द्र यादब अष्ट्रेलिया जाने

10 June, 2016 | Bipin Acharya | 745 Views | comments

नेकपा माओवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव बिभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउन अष्ट्रेलिया आउने भएका छन् ।

p

माओवादी अध्यक्ष दाहाल नेपाल जनप्रगतिशिल मञ्चको राष्ट्रिय अधिवेशनमा सहभागि हुन आउन लागेका हुन भने फोरमका अध्यक्ष नेपाली संघीय समाज अष्ट्रेलियाको अधिवेशनमा सहभागि हुन आउन लागेका हुन् । नेपाली राजनीतीका चर्चामा रहेकाहरु अष्ट्रेलिया आउन लागेका भएपनि उनीहरुको यो भ्रमण भने कुनै दोहोरो राजनीतिक र कुटनीतिक संवाद नहुने भएको छ । पुर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्री आउने भएपनि उनीहरुको उच्चस्तरको कुनैपनि कुटनीतिक भेटघाटको प्रबन्ध अष्ट्रेलिया स्थित नेपाली दुतावासले गरेको छैन् ।

माओवादी अध्यक्ष दाहाल जुन २३ अर्थात असार ९ मा अष्ट्रेलियाको मेलबर्न आउनेछन् । उनको भ्रमणमा उनका नीजी सचिव र बिदेश बिभाग हेर्ने ब्यक्तिहरु समेत सहभागि हुनेछन् । त्यसपछि उनी सिड्नीमा हुने मञ्चको राष्ट्रिय महाधिवेशनमा सहभागी हुनेछन भने एनआरएन लगायतका अन्य बिभिन्न संघसंस्थाहरुले आयोजना गर्ने अन्तरक्रिया र छलफल कार्यक्रममा सहभागी हुदैछन् । ५ दिनका लागि अष्ट्रेलिया आउन लागेका उनको कुनै बिशिष्ट राजनीतिक भेटघाटको कार्यक्रम नरहेको महाधिवेशनका सहसंयोजक हिमलाल गैरेले जानकारी दिए ।

यसैगरि यही महिनाको १८ तारिख अर्थात असार ४ मा सिड्नी आइपुग्ने पुर्व परराष्टमन्त्री यादबले भने यहाँ रहेका सांसदहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको संघीय समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङले जानकारी दिए । साता लामो भ्रमणमा आउन लागेका यादब समाजको अधिवेशनका साथै सिड्नीको संसद भवनमा आयोजित कार्यक्रममा अष्ट्रेलियाली राजनीतिक दलका नेता तथा सांसदहरुसँग भेटघाटको कार्यक्रम राखिएको छ । तामाङले दिएको जानकारी अनुसार यादवले पुर्व अध्यागमन मन्त्री टोनी बर्क, सांसद सोफी कोटसिस, क्यान्टबरीका पुर्व मेयर कार्ल सालेह लगायततका नेताहरुसँग दाहोरो भेटघाट गर्नेछन् ।

क्यानबेरास्थित नेपाली दुतावासले दुबै नेताहरु आउने जानकारी आफुहरुलाई गराइएको भएपनि यो भ्रमणमा कुनै कुटनीतिक भेटघाट र संवादको सम्भावना नरहेको बताएको छ । कार्यवाहक राजदुत राजेन्द्र पाण्डेका अनुसार अष्ट्रेलियामा एक महिनापछि हुन लागेको राष्ट्रिय निर्वाचनमा सबै राजनीतिक दलका नेताहरु ब्यस्त रहेकाले दोहोरो भेटघाट सम्भव नहुने भएको हो । ‘पुर्व प्रधानमन्त्री र उप प्रधानमन्त्री आउने भएपछि उच्चस्तरीय कुटनीतिक भेटघाट र छलफलको पहल यहाँको परराष्ट्र मन्त्रालय अन्तरगत गरिएको हो तर समय मिल्न सकेन् ।’

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK