महिलाको सहभागिता बिना समृद्धि हुँदैन : पुन

ENGLISH

POLITICS

महिलाको सहभागिता बिना समृद्धि हुँदैन : पुन

15 February, 2017 | Krishna Adhikari | 740 Views | comments

VP-nanda-bahadur-pun

उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता बिना कुनै पनि राष्ट्रको समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभएको छ ।

महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको मंगलबार उद्घाटन गर्दै उहाँले व्यापार व्यवसायमा महिलालाई अघि बढ्न धेरै चुनौती रहेको बताउँदै महिला उद्यमीका सवाल सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

नेपालको संविधानले महिला हकअधिकारका लागि धेरै प्रावधानको व्यवस्था गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहका निर्वाचन गर्नु अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष भवानी राणाले महिला उद्यमीले उत्पादन गरेको वस्तुको प्रवद्र्धनका लागि प्रदर्शनी लाभदायक हुने बताउँदै प्रदर्शनीबाट प्रविधि, ज्ञान र लगानीसमेत आदानप्रदान हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासङ्घका प्रथम उपाध्यक्ष शारदा रिजाल, द्वितीय उपाध्यक्ष रीता सिंहलगायतले प्रदर्शनीका बारेमा जानकारी गराउँदै सरकारले महिला उद्यमीलाई प्रोत्साहन गर्नसके मुलुकभित्रै रोजगारीका अवसर सिर्जना हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपालको हस्तकला र सीप अभिवृद्धिमा लामो समयदेखि योगदान पु¥याउनुहुने महिला उद्यमीद्वय इन्दिरा सापकोटा र बिना पौडेललाई सम्मान गरिएको थियो ।

नेपाल, भारत, चीन, बङ्गलादेश, पाकिस्तान, कोरिया फिलिपिन्सलगायत मुलुकका महिला उद्यमीले उत्पादन गरेको सामग्रीको प्रदर्शनीमा १०० कक्ष छन् ।

यही फागुन ३ देखि ७ गतेसम्म चल्ने मेलामा करिब एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK