महासभामा भाग लिन उपप्रधानमन्त्री सिंह न्यूयोर्क आउदै

ENGLISH

महासभामा भाग लिन उपप्रधानमन्त्री सिंह न्यूयोर्क आउदै

23 September, 2015 | Krishna Adhikari | 435 Views | comments

logoउपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालले संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभामा संविधानसभाबाट संविधान जारी भई कार्यान्वयनमा आएको तथा भूकम्पपछिको पुनःनिर्माणका विषयमा अन्तर्राष्ट्रिय समुदायसमक्ष छलफल गर्ने बताउनुभएको छ ।

महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुका पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू न्युयोर्कमा रहँदा छिमेकी एवम् मित्र राष्ट्रका समकक्षीसँग देशको समसामयिक राजनीतिक विषय र आपसी हित र चासोका बारेमा छलफल हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री सुशील कोइरालाको कार्यव्यस्तताका कारण आफू महासभामा भाग लिन जान लागेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले राष्ट्र सङ्घ स्थापनाको ७०आँै वार्षिकोत्सव र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष पुगेका बेला हुने महासभामा नेपालको सहभागिता महत्वपूर्ण विश्वास व्यक्त गर्नुभयो ।

यसअघि उक्त महासभामा भाग लिन परराष्ट्रमन्त्रीसहितको टोली आजै त्यसतर्फ गएको छ । राससका अनुसार यही असोज १४ गते उपप्रधानमन्त्री सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । असोज ११ देखि १८ गतेसम्म राष्ट्रसङ्घको ७०औँ महासभा हुँदैछ ।

महासभाकै क्रममा अमेरिकी राष्ट्रपति बाराक ओवामा र राष्ट्र सङ्घका महासचिव वान कि–मुनले आयोजना गर्ने ‘विश्वमा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउने मुलुक सम्मिलित उच्चस्तरीय शान्ति सम्मेलन’मा तथा ‘सन् २०१५ पछिको विकास रूपरेखासम्बन्धी दक्षिण–दक्षिण सहयोग उच्चस्तरीय गोलमेच’ कार्यक्रममा पनि नेपालको सहभागिता रहनेछ ।

त्यस्तै चीनका राष्ट्रपति सि जिन पिङ र युएन वुमनले आयोजना गर्ने ‘लैङ्गिक समानता तथा महिला सशक्तीकरणःकार्यान्वयनमा प्रतिबद्धता’सम्बन्धी विश्वका नेतासँगको बैठकमा नेपालका तर्फबाट सहभागिता हुने बताइएको छ । महासभाका क्रममा न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीको बैठक पनि आयोजना हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK