महावीर पुनलाई कोरियाबाट १३ लाख सहयोग

ENGLISH

NRN GLOBAL

महावीर पुनलाई कोरियाबाट १३ लाख सहयोग

4 September, 2017 | Sandeep Bhattarai | 820 Views | comments

महावीर पुन

राष्टिय आविकार केन्द्र स्थापना गर्ने महत्वकांक्षी योजनामा रहेका महावीर पुनलाई कोरियाबाट १३ लाख ९१ हजार २ सय बीस रुपैया सहयोग भएको छ। कोरियामा कार्यरत युवाहरु समूह स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियानले उक्त रकम सहयोग गरेको हो।

वैज्ञानिक क्षेत्रमा खोज अनुसन्धान गर्ने स्वदेशी विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यका साथ पुनको संयोजकत्वमा स्थापना गर्न लागिएको आविस्कार केन्द्रलाई रकम अभाब भएको भन्ने समाचार बाहिर आएपछि अभियानले रकम संकलन अभियान सञ्चालन गरेको थियो।

झण्डै डेढ महिना अभियान चलाएर एकता अभियानले उक्त रकम संकलन गर्न सफल भएको हो। संकलित रकम काठमाण्डौंमा एक कार्यक्रमका बीच अभियान संयोजक सर्वजित शाहले पुनलाई हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण कार्यक्रममा संयोजक शाहले सम्पूर्ण सहयोगी दाताहरुलाई विशेष धन्यवाद दिदै यसरी राष्ट्र निर्माणमा जुटेको आविष्कार केन्द्रलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए।

नेपालमा जाने विपत् र त्यसबाट पीडित हुनेलाई कोरियामा कार्यरत नेपालीबाट रकम संकलन गरेर अभियानले यस अघि पनि आर्थिक सहयोग गर्दै आएको छ।

यस अघि बाढी पीडितलाई २ लाख दश हजार सहयोग गरेको थियो भने बर्दिबासमा मुसहर बस्ती निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनलाई १२ लाख बराबरको आर्थिक सहयोग गरेको थियो।

अमेरिकाका नेपाली लेखक शिव प्रकाशद्वारा पुस्तक बेचेर पुनलाई २ लाख ५० हजार सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK