महापुराणबाट १५ लाख ५० हजार डलर उठेपछि न्युयोर्कबासीमा हर्षोउल्लास

ENGLISH

NRN GLOBAL

महापुराणबाट १५ लाख ५० हजार डलर उठेपछि न्युयोर्कबासीमा हर्षोउल्लास

नेपाली साँस्कृतिक केन्द्र बन्ने सुनिश्चित

1 September, 2017 | Sandeep Bhattarai | 1585 Views | comments

महापुराण

विजय थापा,वाशिंगटन डिसी – अमेरिकाको नेपाली समुदायको मुनाफारहित सामाजिक संस्था रिजउड नेपाली समाजले श्रीमद भागवत महापुराणको आयोजना गरि गत अगस्त २९ तारिख अन्तिम दिन सम्म १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट उठाएको छ l

यस खुशीको खबरले न्युयोर्कबासि खुशी भएका छन् अब न्यु योर्कमा नेपाली साँस्कृतिक केन्द्र तथा दुर्गा मन्दिर बन्ने पक्का भएको छ l गत अगस्त २३ बुधबार देखि अगस्त २९ मंगलबार सम्म भएको उक्त महा पुराणमा हरेक साँझ ४ बजे देखि राती १० बजे सम्म चलेको थियो l

महा पुराणको अन्तिम दिन अगस्त २९ तारिख नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले अन्य पदाधिकारीहरुको उपस्थितिमा महापुराणमा १ लाख २५ हजार ५ सय ५५ डलर प्रदान गरेका छन् l नेपाली जन सम्पर्क समिति अमेरिका अहिले सम्म कै सवै भन्दा ठूलो रकम दान दिने संस्था बनेको छ l

अगस्त २९ तारिखका दिन रिजउड नेपाली समाजका पूर्व अध्यक्ष श्री पराजुलीले अहिले सम्म कै व्यक्तिगत दान १ लाख ११ हजार १ सय ११ डलर गरेका छन l यसै गरि एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले १० हजार १ डलर दान दिएका छन् l गौरी जोशीले ५ हजार ५ सय ५५ डलर र ५५ सेन्ट सहयोग गरेका छन् l एनआरएन अमेरिका कि वर्तमान उपाध्यक्ष रबिना थापाले १४ हजार ८ सय ८३ डलर दान गरेकी छिन् l

संस्थाले दिनानुदीन बढदै गई रहेको नेपालीहरुको आगमन र अमेरिकामा जन्मेका हुर्केका बालबालिकालाई साँस्कृतिक केन्द्रका माध्यमद्वारा एक असल संस्कारी नेपालीको पहिचान दिन सकियोस भन्ने उद्देस्यले दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र निर्माणको सहयोगार्थ सप्ताहब्यापी ऐतिहासिक दोस्रो बृहत श्रीमद्भ भागवत पुराणको आयोजना गरेको हो l

महापुराण

बाचन प्रवीण दीनबन्धुको प्रमुख वाचकत्वमा श्रीमद्भ भागवत पुराणको आयोजना भएको थियो भने यसको लागि मूल समारोह समिती गठन गरिएको थियो l

महा पुराणमा कलश सहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगरपरिक्रमा गरिएको थियो l कार्यक्रम अबधि भर सांस्कृतिक केन्द्रको निर्माणका लागी करिब १० (दस लाख) डलर संकलन गर्ने उद्देश्यले आयोजना गरिएको ऐतिहासीक दोस्रो भागवत बृहत महापुराणमा १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट डलर उठाउन सफल भएको छ l

स्मरण रहोस रिजउड नेपाली समाज बिशुद्ध सामाजिक सेवाको भावनाले स्थापित गैर राजनीतिक तथा गैर नाफामुलक संस्था हो । नेपाल र नेपालीको धर्म कला, संस्कृति र परम्पराको जगेर्ना गरी अमेरिकाको विभिन्न राज्यमा छरिएर बसेका नेपालीहरुमा आइ पर्ने विविध समस्या समाधानमा सहयोग पुर्याउने उद्देश्यले सन् २००३ मा दर्ता भई कानूनी मान्यता प्राप्त गरेको छ l

महापुराण

संस्थाले सन् २०१० मा श्रीमद्भागवत महापुराणको आयोजना गरी करीव ५ हजार वर्ग क्षेत्रफल भएको आफ्नै स्वामित्वमा रिजउडमा जग्गा २०११ं मा खरिद गरेको छ l र अब सोहि स्थानमा दुर्गा मन्दिर तथा सांस्कृतिक केन्द्र बन्ने ढोका खुलेको छ l कार्यक्रम सत्यनारायण मन्दिरमा भएको थियो भने नगद ,धनादेश (चेक ) सहित प्रतिबद्दता जाहेर गरेको आयोजकले जनाएका छन् l

नेपाल हेरिटेज सेन्टरका लागि महापुराणबाट २ करोड ६० लाख संकलन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK