महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने

ENGLISH

महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने

22 January, 2017 | Krishna Adhikari | 1045 Views | comments

yes

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ ।
लिमिटेडको रु दुई अर्ब १२ करोड पाँच लाख महसुल उठ्न बाँकी छ । महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको लिमिटेडका महाप्रबन्धक डा महेशकुमार भट्टराईले जानकारी दिनुभयो ।

विसं २०७४ असोजभित्र मेलम्चीको पानी उपत्यकामा आउने भएपछि लिमिटेडले यस्तो तयारी गरेको हो । “लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा सडक खन्न झन्झट हुने भएकाले महसुल नतिरेका ग्राहकको घरसम्म पनि पाइप पुग्छ, तर अहिलेको पाइप प्रणालीमा विशेष प्रविधि भएकाले महसुृल नतिर्ने ग्राहकलाई पानी दिइदैन, मिटर राखेर धारामा पानी पठाइँदैन”–उहाँले भन्नुभयो ।

यो विशेष किसिमको साँचो (भल्भ बुक कि) लिमिटेडसँग मात्र हुने व्यवस्था भएकाले महसुल नतिर्ने ग्राहकलाई कडाइ गरिन लागेको हो । यो प्रणाली नेपालमा पहिलोपटक जडान हुँदैछ ।

मेलम्चीको पानी आएपछि वितरणका लागि सञ्जाल निर्माण गरिरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले नयाँ प्रविधिले पाइप प्वाल पारेर चोरी गर्नेलाई रोक्न नसके पनि वैधानिक रुपमा दर्ता भई मिटर जडान गरेका ग्राहकको मिटरमा पानी नजाने गरी बन्द गर्न सकिने व्यवस्था गरिएको बताउनुहुन्छ ।

“मिटर अघि सानो ‘मेकानिकल डिभाइस’ राखिन्छ, यसलाई उपभोक्ता आफैँले खोल्न सक्दैनन्, खोल्नका लागि लिमिटेडका कर्मचारीले विशेष प्रकारको साँचो प्रयोग गर्नुपर्छ, पहिले जस्तो प्लम्बरले सानो पानी आउँदा बढाउन सकिने व्यवस्था अहिले छैन, यो व्यवस्था गरेपछि पानीको अव्यवस्था हट्ने विश्वास छ”–उहाँले भन्नुभयो ।

नेपाल खानेपानी संस्थान हुँदाको रु ६८ करोड ५० लाख र लिमिटेड बनेपछिको रु एक अर्ब ४३ करोड ५५ लाख गरी रु दुई अर्ब १२ करोड पाँच लाख बक्र्यौता बाँकी रहेको काउखाली (केयुकेएल) ले जनाएको छ ।

लिमिटेड महाराजगञ्ज शाखाको रु २७ करोड ८८ लाख, त्रिपुरेश्वर शाखाको रु २० करोड ४० लाख, क्षेत्रपाटी शाखाको रु १५ करोड ४३ लाख, महाङ्कालचौर शाखाको रु १७ करोड नौ लाख, बानेश्वर शाखाको रु २७ करोड ३५ लाख, कमलादी शाखाको रु छ करोड एक लाख, ललितपुर शाखाको रु २१ करोड २६ लाख, भक्तपुर शाखाको रु चार करोड ६२ लाख, कीर्तिपुर शाखाको रु ५६ लाख, मध्यपुर ठिमी शाखाको रु एक करोड ६८ लाख र ट्याङ्कर शाखाको रु एक करोड १४ लाख महसुल उठ्न बाँकी छ ।

लिमिटेड सञ्चालक समितिको बैठक समयमा बसेर साधारण सभा र लेखापरीक्षक नियुक्तिको निर्णय नगर्दा उठ्न बाँकी महसुल विवरण वार्षिक प्रतिवेदनमै पनि उल्लेख गर्न नसकिएको त्यहाँ कार्यरत एक कर्मचारीले बताए ।

लिमिटेड सञ्चालक समितिका अध्यक्ष सुरेश बस्नेत आर्थिक वर्ष २०७०÷७१ देखि २०७२÷७३ सम्मको लेखापरीक्षण गर्न बाँकी रहेको बताउनुहुन्छ ।

“आर्थिक वर्ष २०७०÷७१ र ०७१÷७२ को लेखापरीक्षण एक महिनाभित्र सकी ०७२÷७३ का लागि लेखापरीक्षक नियुक्ति गरिँदैछ, यसपछि बाँकी सबै महसुल उठाउने बाटो खुल्छ”–उहाँले भन्नुभयो ।

संस्थानलाई विसं २०६४ फागुन १ गतेदेखि लिमिटेडमा परिवर्तन गरिएको थियो । सरकारले २०३३ सालदेखि महसुुल लिएर पानी वितरण सुरु गरेको हो । २०४१ सालसम्म ग्राहकले भन्ने वित्तिकै धारा जोडिन्थ्यो । त्यसबेला धारा जोड्न नागरिकताको प्रतिलिपि, जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपिको अनिवार्यता थिएन ।

यसैले २०४१ साल अघिका धाराको लगत भए पनि कुन ठाउँमा धारा छ भन्ने समेत स्पष्ट छैन । यस्ता धाराको सङ्ख्या १० हजार रहेको लिमिटेडले जनाएको छ । यी धाराबाट महसुल लिन थालेदेखिकै बक््र्याैता बाँकी छ ।

सरकारी आयोजना भाडाको घरमा बस्दा जोडिएका धाराको पनि महसुल तिरिएको छैन । ती धारा सरकारका विभिन्न निकायका नाममा भए पनि घर छोडेर अन्यत्र स्थापित भइसकेका छन् । ती घरका धनीले पानी प्रयोग गरे पनि धारा सरकारी संस्थाका नाममा भएकाले महसुल बाँकी रहेको हो ।

विसं २०३० अघि खानेपानीको काम गर्ने निकायलाई पानी अड्डा वा गोश्वारा भनिन्थ्यो । त्यसपछि खानेपानी तथा ढल निकास समिति भन्न थालियो । २०४१ सालपछि खानेपानी तथा ढल निकास संस्थान नाम दिइयो । विसं २०४६ देखि भने नेपाल खानेपानी संस्थान नामाकरण गरियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २१ गते निवास बालुवाटारमा खानेपानीसँग सम्बन्धित सरकारी निकायका अधिकारीलाई बोलाएर उपत्यकामा पानीको चुहावट ४० प्रतिशतबाट २० प्रतिशतमा झार्न र बाँकी बक््र्याैता तत्काल उठाउन निर्देशन दिनुभएको थियो ।

‘नेपालको पानी जनताको लगानी’मा दुई अर्ब ४३ करोड बढीको लगानी प्रतिवद्धता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK