मलेसिया पुगेको नेपाली चार बर्ष देखि बेपत्ता

ENGLISH

NRN GLOBAL

मलेसिया पुगेको नेपाली चार बर्ष देखि बेपत्ता

17 June, 2016 | arjun baral | 790 Views | comments

pudelमलेसिया पुगेका ठगनाथ पौडेल विगत चार बर्ष देखि सम्पर्कबिहिन छन् । स्याङजा जिल्ला चिसापानी गाविस वार्ड नं ३ गैरीस्वाँराका पौडेल सन् २००९ मा मलेसिया पुगेका थिए ।

उनी काठमाण्डौंमा रहेको स्मार्ट म्यानपावरका संञ्चालक पुर्ण गुरुङ्ग मार्फत मलेसियामा रहेको एक फुड कम्पनीमा कामदारको रुपमा गएका थिए । गएको करीब ३ बर्ष सम्म सम्पर्कमा रहेपनि पछि एक्कासी उनी सम्पर्कविहिन भएका हुन् । उनी सम्पर्क विहिन भएपछि उनका आफन्तले खोजीको लागि धेरै पहल गरे पनि सम्पर्कमा आउन सकेका छैन्न् ।

उनलाई पठाउने म्यानपावर मा पनि पुगे तर सो म्यानपावर बन्द छ । कम्पनीमा पनि सम्पर्क गर्दा कम्पनिबाट पनि केही प्रतिक्रया नआएको र अन्य माध्यमबाट पनि खोजी गर्ने कोशिस गर्द पनि उनको कुनै खबर पाउन सकिएन । ‘धेरै कोशिस ग¥यौ, तर उनको कुनै अवस्था जानकारीमा नआएको ले हामी विक्षिप्त भएका छौ,’ दाजु केशवले भावुक हुँदै भने ।

उनका दाजु केशबले गैर आवासिय नेपाली संघ युएईमा निबेदन पनि दिएका छन । गैर आवासिय नेपाली संघ युएईले उनको खोजीको लागि प्रक्रिया अगाडी बढाएको संघका प्रवक्ता बालकृष्ण मरासिनीले स्रोतलाई बताएका छन् ।

मलेसियामा रहेको संघको राष्ट्रिय समन्वय परिषद मार्फत खोजी गरिने उनको भनाई छ । भाइको खोजी गर्नको लागि दाजु केशब पौडेलले परराष्ट्र मन्त्रालय, नेपाली दुतावास मलेशिया, मलेसियामा रहेका नेपाली संघसंस्थाहरु र सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुलाई अनुरोध गरेका छन् । बेपत्ता भएका पौडेलको पासपोर्ट नंं. ४४०७८६९ हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK