मलेसिया जाने नेपाली कामदारबाट लिने अतिरिक्त शुल्क खारेज गर्ने निर्णय

ENGLISH

BUSINESS

मलेसिया जाने नेपाली कामदारबाट लिने अतिरिक्त शुल्क खारेज गर्ने निर्णय

17 May, 2018 | Sandeep Bhattarai | 2585 Views | comments

मलेसिया

सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ ।

श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने गरी एकपक्षीय र अवाञ्छितरुपमा लिइएका शुल्क अन्त्य गर्ने भएको हो ।

श्रममन्त्री गोकर्णराज विष्टले बिहिबार पत्रकार सम्मेलन गरी नेपाल र मलेसियाको श्रम सम्झौतामा समेत नभएका ३९ वटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य परीक्षणको व्यवस्था हटाई नेपालमा कानूनबमोजिम सञ्चालित सबै संस्थामा परीक्षण गराउन, परीक्षणमा अनलाइन माइग्रामका नाममा प्रतिकामदार रु १२५, मलेसियन दूतावासमा एकीकृत सेवा (ओएसस)का नाममा लिइने दुई हजार ८०० र भ्याट, माइग्रेसन सेक्युरिटी बापत तीन हजार २०० सय, भीसा शुल्क अनलाइनबाट प्रक्रिया गर्न रु तीन हजार २०० लिने काम अवैध, अवाञ्छित र गैरकानूनी भएकाले खारेज गराइने जानकारी दिनुभयो ।

यो निर्णयबाट नेपाली कामदारलाई झण्डै १८ हजार बचत हुनेछ । नेपालबाट मलेसियामा वार्षिक करीब डेढ लाख कामदार जान गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK