मलेसियालाई हराउँदै नेपाल फाइनलमा

ENGLISH

SPORTS

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

16 September, 2017 | arjun baral | 1175 Views | comments

आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोट क्रिकेट अन्तर्गत सेमिफाइनलको खेलमा आयोजक राष्ट्र मलेसियालाई हराउदै नेपाल फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गरेसँगै नेपाल एसिया कपको लागि छनोट भएको छ ।

शनिवार भएको खेलमा नेपालले मलेसियाली १० विकेटको भारी अन्तरले पराजित गर्यो । मलेसियाको किन्नारा ओभल मैदानमा टस हरेर पहिले ब्याटिंग गरेको मलेसियाले ४२ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । उसको लागि नलिन डी सिल्भाले सर्वाधिक ३९ रन बनाए भनेबिरानदिप जगजित सिंहले २५ रङ जोडे । त्यस्तै मोहम्मद शारियल अइजतले १६ रन बनाउदा अमर हजालनले १४ रन बनाए ।

अन्य मलेसियाली ब्याट्सम्यानले भने दोहोरो अंक नजोडी आउट भए । नेपालको लागि दीपेन्द्र सिंह ऐरीले पाँच विकेट लिए । उनले ८ ओभरमा केवल २९ रन खर्चेका थिए । त्यस्तै पवन सर्राफले २ विकेट लिंदा रोहित कुमार पौडेल, सहाब आलम र सन्दिप लामिछानेको भागमा समान १-१ विकेट रह्यो ।

१२२ रन्को मध्यम लक्ष्य लिएर मैदान उत्रेको नेपाले २३.१ ओभरमा विना विकेटको क्षति जित हासिल गर्यो ।ओपनरद्वय आसिफ शेख र सन्दीप सुनारले अर्ध शतकीय पारी खेले संगै नेपालले सहज जित निकाल्यो ।शेखले ५० र सन्दीप सुनार ५१ रनमा अविजित रहे । ६५ बल खेलेका आसिफले ८ चौका र १ छक्का प्रहार गरे भने सन्दीपले ७७ बलमा ८ चौका प्रहार गरे ।

नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपमा स्थान बनाउनेछ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK