मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

ENGLISH

NRN GLOBAL

Malaysia

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

6 July, 2018 | Kabi Adhikari | 1550 Views | comments

मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रूपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

Malaysia

‘ओपी मेगा–३’ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छ । यसरी पक्राउ पर्ने २ सय जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको भए पनि पक्राउ कार्य जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको बताइएको छ । मलेसिया सरकारले बिनादर्ता बसिरहेका नेपाललगायत अन्य देशका नागरिकलाई स्वेच्छिक देश फर्कन वा दर्ता प्रक्रियामा आउन दिएको समयसीमा सकिएपछि विगत १ हप्तादेखि पक्राउलाई तीब्र बनाएको छ । वैधानिक हुने वा स्वदेश फर्कने म्याद असार १६ गते सकिएको थियो ।

मलेसियाको अध्यागमन कार्यलयका महानिर्देशक डाटुक मुस्तफार अलीले २ दिन अघि गरिएको पत्रकार सम्मेलनमा ६ हजार ६ सय ७८ विदेशीलाई पक्राउ गरी मलेसियामा विभिन्न १३ वटा बन्दीगृहमा राखिएको जनाएका छन् । मलेसियाको अध्यागमन विभागले पत्रकार सम्मेलनको आयोजना गरेर पक्राउ परेका विदेशीलाई प्रक्रिया पूरा गरेर स्वदेश पठाउने जनाएको मलायामेल अनलाइनले उल्लेख गरेको छ । असार १६ पछि पक्राउ गरिएकोमध्ये सबैभन्दा बढी १ हजार ५ सय नेपाल लगायत अन्य देशका नागरिकलाई बुकेट जेलमा राखिएको जनाइएको छ । पक्राउ गरिएका विदेशीलाई मलेसियाका विभिन्न १४ दिनवटा जेलमा राखिएको त्यहाँको अध्यागमन कार्यालयले जनाएको छ । पक्राउ गरिएका बाहेक १ लाख १७ हजार ४ सय ४८ जनाले स्वदेश फर्कन आवेदन दिएको अध्यागमन कार्यलयले जनाएको छ ।

नेपाली दूतावासले अवैधानिक रूपमा बसेर काम गरिरहेका नेपालीलाई तत्काल दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको भए पनि धेरै नेपाली दूतावासको सम्पर्कमा आएका छैनन् । यता नेपाल सरकार परराष्ट्र मन्त्रालयका सहसचिव एवं भरतराज पौडेलले मलेसिया सरकारले जुन ३० सम्म दर्ता प्रत्रियामा आउन अनुरोध गरेको समय समाप्त भएको बताए । “दर्ता प्रक्रियामा आएर वैधानिक हुन नचाहने नेपाली लगायत विदेशी नागरिकको लागि अगस्ट ३० सम्म म्याद रहेको थियो,” उनले कारोबारसँग भने, “मलेसिया सरकारले बिनादर्ता (अवैधानिक) बसेका विदेशी माथि बेलाबेलामा निगरानी गर्ने गरेको र अहिले पनि सोही प्रक्रियाअन्तर्गत पक्राउ गरिएको हो ।” स्वदेश फर्कने प्रक्रियामा रहेका नेपालीलाई ल्याउने प्रक्रियामा दूतावासले काम गरिरहेको उनले जानकारी दिए ।

मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलले अवैधानिक रूपमा रहेका नेपाली कति पक्राउ परे भन्ने विवरण लिने काम भइरहेको जानकारी दिए । समयमा नेपाल फर्कन अनुरोध नगर्ने नेपाली पक्राउ परे १० हजार रिंगेट जरिवाना र दुई महिनासम्मको जेल सजाय हुनसक्ने जनाइएको छ । मलेसियाको अध्यागमन विभागले आइतबारदेखि राजधानी क्वालालम्पुरका जलान तुन रजाक, पासार सेनी, लेबु पुडु, मेडान पासार, सेन्ट्रल मार्केट, लगायतका १ दर्जनभन्दा बढी क्षेत्रमा पक्राउ जारी राखेको छ । मलेसिया सरकारले पक्राउ परेका विदेशीलाई बढीमा १४ दिनभित्र प्रक्रिया पु¥याएर स्वदेश फर्कन निर्देशन दिएको छ ।

मलेसिया सरकारले स्वदेश फर्कन निवेदन दिएका कामदारको हकमा भने आगामी अगस्ट ३० तारिकसम्मको समय दिएको छ । यसका लागि आममाफी प्रक्रियामा सहभागी हुनका लागि निवेदन दिन गत अप्रिल ५ देखि जुन ३० सम्मको समयावधि दिइएको थियो । विगत ४ वर्ष फिर्ता अभियानमार्पmत ३० हजारभन्दा बढी नेपाली फर्किएको तथ्यांक रहेको नेपाली दस्तावास मलेसियाले जनाएको छ । हाल मलेसियामा २ लाखसम्म नेपाली कामदार अवैधानिक रूपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ । – कारोबार दैनिकबाट ।

मलेसियामा पक्राउ परेका २६ नेपाली घर फर्किए

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र...

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK