मलेसियामा २८ चिनियाँ पर्यटकसहित ३१ व्यक्ति सवार डुङ्गा बेपत्ता

ENGLISH

WORLD

मलेसियामा २८ चिनियाँ पर्यटकसहित ३१ व्यक्ति सवार डुङ्गा बेपत्ता

29 January, 2017 | Bhawana Pathak | 635 Views | comments

मलेसियाको बोर्नेओ सामुद्रिक जलक्षेत्रमा २८ जना चिनियाँ नागरिकसहित कुल ३१ जना यात्रु सवार रहेका डुङगा बेपत्ता भएको छ ।

मलेसियाको सामुद्रिक प्रबद्धन नियन्त्रण निकायले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएको छ । सो डुङ्गामा २८ चिनियाँ नागरिक बाहेक अन्य तीन चालकदलका सदस्य पनि रहेका जानकारी दिइएको छ ।

“डुङ्गा कम्पनीका मालिकले शनिबार बेलुका डुङगा हराएको जानकारी गराएका र त्यसपछि डुङ्गाको खोजीकार्य भइरहेको सो कम्पनीका प्रवत्ताले जानकारी दिएका एएफपीले बताएको छ ।

खराम मौसमका कारण डुङ्गा दुर्घटना भएको अधिकारीले जनाएका छन् । सो डुङ्गा कोटा किनाबलुदेखि ६० किलोमिटर पश्चिममा पर्ने मलेसियाली टापुतर्फ गइरहेका बताइएको छ ।

डुङ्गाको खोजी तथा उद्धारकार्यमा सकारात्मक प्रगतिहुने आशा गरिएको साबाह राज्यका पर्यटनमन्त्री मसिदी मनुनले एएफपी समाचार समितिलाई बताउनुभएको छ । उहाँका अनुसार उद्धारटोलीले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छन् ।

चीनका परराष्ट्रमन्त्रीले एक वक्तव्य जारी गर्दै हराइरहेका चिनियाँ पर्यटकलाई सकुशल उद्धारका लागि मलेसियाका अधिकारीक निकायहरुलाई आग्रह गर्नुभएको छ । रासस÷एएफपी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK