मलेसियामा मनाइयो ल्होसार

ENGLISH

NRN GLOBAL

मलेसियामा मनाइयो ल्होसार

6 January, 2017 | Sandeep Bhattarai | 785 Views | comments

ल्होसार

अंग्रेजी नयाँ वर्षको छुट्टीको अवसरमा मलेसियामा पनि तमु ल्होसार भव्य मनाइएको छ । रोजगारी, व्यवसाय लगायत विभिन्न सिलसिलमा मलेसियामा रहेका गुरुङ समुदायको संस्था नेपाल तमु समाज मलेसियाले क्वालालम्पुरको ‘होटल एरेना स्टार’मा आयोजना गरेको कार्यक्रममा नेपालमै झैं ‘गीतगुञ्जन र नाचगान’ गरेर ल्होसार मनाइयो ।

कार्यक्रममा गुरुङ पोशाकमा सजिएका कलाकारहरुले गुरुङ भाषा र अरु नेपाली भाषाका गीत संगीतमा नाचगान गरेर रमाए । कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासका द्वितीय सचीव प्रेमराज गौतमले ल्होसारको अवसरमा परदेशमा रहे पनि आफ्नो परम्परा र संस्कृतिको सम्वर्द्धन गरेर तमु समाजले उल्लेखनीय कार्य गरेको भन्दै सबैलाई ल्होसारको शुभकामना दिए । उक्त अवसरमा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना दिए ।

संस्थाका संस्थापक सदस्य एवं सल्लाहकार केश तमुका अनुसार मलेसियामा विगत १४ वर्षदेखि उक्त संस्थाले वर्षेनी ल्होसार कार्यक्रम मनाउँदै आएको छ । व्यस्त दैनिकीबाट अंग्रेजी नयाँ वर्षकै दिनको छुट्टीको मौका छोपेर गरिएको कार्यक्रममा सहभागीहरुले शुभकामना आदनप्रदान मात्रै गरेनन्, नाचगान गरेर रमाए ।

आयोजक संस्था समाजका अध्यक्ष देव तमुले कार्यक्रममा राजधानी क्वालालम्पुरबाहिरका टाढा टाढाका शहर पेनाङ, जोहोरबारु लगायत शहरबाट समेत तमुहरु कार्यक्रममा सहभागी भएको बताए । उक्त अवसरमा समाजले नेपाली दूतावासलाई मायाको ल्होसार विशेष चिनो पनि प्रदान गर्‍यो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

‘जोहोर पेनाङबाट पनि हाम्रा साथीहरु आउनुभयो । राजधानी केएलमै भेला भएर ल्होसार मनाउने निर्क्योल पहिलै गरेका थियौं’ उनले भने, ‘अंग्रेजी नयाँ वर्षको छुट्टीको सदुपयोग गर्दै सबैजना आउनुभयो, रमाइलै भयो ।’

यसैबीच, अंग्रेजी नयाँ वर्षको छुट्टीकै अवसरमा ओखढुंगा एकता सेवा समाज मलेसियाले क्वालालम्पुरमा शुभकामना आदनप्रदान तथा वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्‍यो । त्यस्तै नेपाली जनसम्पर्क समिति मलेसियाले पनि चियापान एवं शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्‍यो । मलेसियाका अन्य शहरहरुमा पनि नयाँ वर्षको अवसरमा नेपालीहरु  विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गरे र नयाँ वर्षको स्वागत गरे ।

कान्तिपुरबाट

तमू च्ह्य ल्होसार कतारमा भब्यताका साथ सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK