मलेसियामा भिसा शुल्क बढ्दै, जाने कामदार घट्दै

ENGLISH

NRN GLOBAL

मलेसियामा भिसा शुल्क बढ्दै, जाने कामदार घट्दै

26 September, 2016 | Sandeep Bhattarai | 870 Views | comments

 – जनकराज सापकोटा, काठमाडौं – मलेसिया जाने कामदारको संख्या निरन्तर ठूलो मात्रामा घटिरहेको छ । भिसा प्रक्रियाका विभिन्न चरणमा लाग्ने, सँगै स्वास्थ्य जाँचलगायतमा चर्को शुल्क लिने मलेसिया सरकारको अनुदार नीतिका कारण त्यहाँ जाने कामदारको संख्या घट्न थालेको हो ।

मलेसिया

२०७१ असारमा मलेसिया जाने कामदारको संख्या ४४ हजार ९ सय ३८ थियो । ०७२ असारमा ८ हजार ३ सय ६३ जनामात्रै मलेसिया गए । यो वर्षको असारमा मलेसिया जानेको संख्या झनै घटेर ६ हजार ४० पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्ला दुई वर्षमा मलेसिया जाने कामदारको संख्यामा करिब ७० प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०७०/७१ मा दुई लाख १४ हजार कामदार मलेसिया पुगेका थिए । यो संख्या आर्थिक वर्ष २०७२/७३ मा घटेर ६० हजार ९ सय ७९ मा झरेको छ ।

तीन वर्षअघि मलेसिया सरकारले भिसा शुल्क सात सय रुपैयाँबाट बढाएर ३ हजार ९ सय पुर्‍याएको थियो भने बायोमेट्रिक (स्वास्थ्य परीक्षण) शुल्क २६ सय ६५ रुपैयाँबाट बढाएर ७ हजार ७ सय रुपैयाँ पुर्‍यायो । यस बीचमा मलेसिया सरकारले अनेक कम्पनी खडा गरेर भिसा प्रक्रियाको शुल्क बढाइरहेको छ ।

भिसा प्रोसेसिङबापत भिएलन सर्भिसलाई ३२ सय र भिसाबापत सात सयका अलावा कागजी प्रक्रियाका निम्ति भन्दै वन स्टप सेन्टर (ओएससी) मा थप ३२ सय र इमिग्रेसन क्लियरेन्सबापत थप २८ सय पनि बुझाउनुपर्छ । जबकि यसअघि भिसा शुल्क सात सय र भिसा प्रोसेसिङ शुल्क ३२ सय मात्रै थियो । यी सबै शुल्क जोडदा कामदारले भिसामा मात्रै ९ हजार ९ सय रुपैयाँ खर्चिनुपर्छसरकारले नि:शुल्क भिसा र टिकटको अवधारणा अघि सारे पनि भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा कामदारले १७ हजार ६ सय रुपैयाँ खर्चिनुपर्छ

सेक्युरिटी गार्डमा मलेसिया जाने कामदारले त झन् मलेसियन सरकारले तोकेकै संस्थाबाट तालिम लिन अनिवार्य छ, जसका निम्ति बीस हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । कामदारहरूले अतिरिक्त शुल्कका रूपमा वर्क परमिट, बिमा, सेवा प्रदायकलाई दिनुपर्ने शुल्कसमेत तिर्नुपर्छ । रेमिटेन्सको जोखिम शीर्षकमा हालै मात्र विश्व बैंकले प्रकाशित गरेको रिपोर्टमा विशेषगरी मलेसिया जाने कामदारको संख्यामा आएको गिरावटले अर्थतन्त्रमै असर पार्न सक्ने उल्लेख छ ।

भदौ ३१ मा मात्रै श्रममन्त्री सूर्यमान गुरुङले परराष्ट्र मन्त्रालयमा मलेसियन सरकारले पठाएको शुल्कवृद्धिको कार्यक्रमप्रति आफ्नो असन्तुष्टि रहेको पत्र पठाइसकेका छन् । मन्त्री गुरुङले कामदारको लागत बढ्ने कुनै पनि कार्यक्रम लागू गर्न उचित नहुने जनाउँदै पत्र लेखेका हुन् । जसका आधारमा परराष्ट्र मन्त्रालयले मलेसियास्थित निकायमा पत्राचार गर्नेछ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल एकतर्फी रूपमा बढाइने शुल्क नाजायज भएको बताउँछन् । ‘सरकारले कडा कदम चालेर यसलाई नरोकी हुन्न,’ उनले भने ।

कान्तिपुरबाट

मलेसियाबाट डिपोर्ट भएका शाहले एक सय १४ विदेशीलाई नक्कली भिसा लगाइदिएको खुलासा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK