मलेसियामा पक्राउ परेका २६ नेपाली घर फर्किए

ENGLISH

NRN GLOBAL

मलेसियामा पक्राउ परेका २६ नेपाली घर फर्किए

17 June, 2016 | Bipin Acharya | 840 Views | comments

अवैधानिक रुपमा काम गरिरहेको अभियोगमा मलेसियामा पक्राउ परेका मध्ये २६ जना नेपालीहरुलाई मंगलवार उद्धार गरी नेपाल पठाइएको छ ।

malesia

मलेसियाको इमिग्रसन डिपो माचाप अम्वोमा रहेका मध्ये २६ जना नेपालीहरुको उद्धार गरिएको हो । नेपाली दुतावास मलेसियाको पहलमा नेपाल सरकार, वैदेशिक रोजगार प्रबर्द्धन बोर्डको सहयोगबाट हवाइटिकट किनेर उनीहरुलाई स्वदेश फर्काइएको हो ।

मंगलवार उद्धार गरिएकाहरुमा भोजपुरका धन देव राई र विनोद गौतम, दोलखाका लाक्पा दोर्जे शेर्पा, सुनसरीका गिता माया राई र लाल वहादुर विश्वकर्मा,उदयपुरका हरि वहादुर थापा, पाचँथरका रुपेश सुवेदी , धन प्रसाद नेम्वाङ, लोक प्रसाद नेम्वाङ, र कविन्द्र योङहाङ रहेका छन् ।

त्यसै गरी सिन्धुपाल्चोकका भुपेन्द्र श्रेष्ठ, दाङका धर्मराज भटटराई कपिलवस्तुका प्रदिप अहिर, सुर्खेतका विवेक सोडारी, तनहँका मिलन गुरुङ, काठमाण्डौका प्रविन कृष्ण पौडेल, झापाका भोजराज घिमिरे, सप्तरीका वागविच लोप्चन र गोपाल राईर्, रोल्पाका शेर वहादुर दमाई, मोरङका प्रकाश कुमार राई, नुवाकोटका काले तामाङ, जाजरकोटका नरेन्द्र कुमार सिह,रुकुमका सत्य नारायाण वुढा, महोत्तरीका राज कुमार यादव, र काभ्रेका कृष्ण हरि वानिया, रहेका छन् ।

विशेष गरी अवैधानिकरुपमा काम गरेको अभियोगमा जेल सजाय काटिसकेपछि घरफिर्ती केन्ऽहरुमा स्वदेश फर्किने अनुमतिका साथ स्थानान्तरण गरिएका तर टिकट किन्ने रकम नहुँदा लामो समयसम्म अलपत्रमा परेका परेकाहरुलाई नेपाली दूतावासको पहलमा उद्धार नेपाली दुतावासले जनाएको छ ।

हाल सम्म सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोग तथा नेपाली दुतावास मलेसियाको पहलमा निशुल्क टिकटको व्यवस्था गरी नेपाल फर्काइएको संख्या ५५७ जना पुगेको छ । अझै सयौ नेपालीहरु घर फिर्ती केन्द्रहरुमा रहेका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK