मलेसियामा ‘नेपाल नाइट २०१५’ सम्पन्न

ENGLISH

NRN GLOBAL

मलेसियामा ‘नेपाल नाइट २०१५’ सम्पन्न

4 September, 2015 | Sandeep Bhattarai | 820 Views | comments

नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियाको राजधानी कोलालम्पुरमा आयोजित ‘नेपाल नाइट २०१५’ सम्पन्न भएको छ ।मलेसियाका पर्यटकलाई नेपाल भ्रमणका लागि लक्षित गरी आयोजना गरिएको कार्यक्रममा नेपाल प्रवद्र्धन गर्न चाहने टुर्र अपरेटरले उपस्थिति जनाउनुका साथै पर्यटनका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमान बस्नेतले भूकम्पको विषयलाई लिएर अन्तर्राष्ट्रिय समाचार माध्यमले प्रचारप्रसार गरेजस्तो क्षति नभएको र नेपाल भ्रमणका लागि सुरक्षित भएको जानकारी दिनुभयो । उहाँले नेपालका ९० प्रतिशत भाग सुरक्षित भएको र काठमाडौँका केही सम्पदामा क्षति भएको विषयलाई लिएर नकारात्मक प्रचारप्रसार भएको बताउनुभयो ।

“नेपालका पर्यटन व्यवसायीले सहुलियत दरमा कार्यक्रम बिक्री आयोजना गरेका छन् । चीनले नेपाल भ्रमणलाई मुख्य गन्तव्यका रुपमा लिएको छ”, राजदूत डा बस्नेतले भन्नुभयो, “मलेसियाका पर्यटक भगवान् गौतम बुद्धको पवित्रधाम लुम्बिनी, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ आदि अवलोकन गर्न र कैलाश मानसरोवरको यात्रा नेपालबाट गर्न चाहन्छन् ।”

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य एवम् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशक टीकाराम अधिकारीले नेपालको गन्तव्य मलेसियाका नागरिकलाई भ्रमणयोग्य रहेको बताउनुभयो ।

नेपाल एसोसिएसन अफ ट्रार्भल एन्ड टुर्र एजेन्टस्की सह–कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक जीस्वाँन तुलाधारले नेपाल भ्रमणका लागि निमन्त्रणा दिँदै नेपालको पर्यटन प्रवद्र्धन गर्न मलेसियामा सम्पन्न हुन गइरहेको ‘माट्टा मेला’मा नेपालका १३ वटा पर्यटनसम्बन्धी कम्पनीले सहभागी जनाउन लागिएको जानकारी गराउनुभयो ।

मलेसियाका सफुआन ट्रार्भल एन्ड होलिडेजका सञ्चालक अजिजी बोरहानले निकट भविष्यमा नेपालमा पर्यटक पठाउने तयारी गरिरहेको बताउनुभयो । “नेपालमा पदयात्रा, चितवन, पोखरा आदि गन्तव्य भ्रमणका लागि मलेसियन नागरिक इच्छुक छन्”, बोरहान भन्नुहुन्छ, “मलेसियन नागरिक जटिल आरोहण गर्न चाहँदैनन्, त्यसैले साधारण आरोहण र भ्रमणको कार्यक्रम सञ्चालन गर्न चाहन्छु ।”

कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट नेपालको पर्यटनका विविध पक्षलाई समेटेर तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK