मलेसियामा जेल सजाय भोगेर नेपाल फर्कन लागेका युवाको मृत्यु

ENGLISH

NRN GLOBAL

मलेसियामा जेल सजाय भोगेर नेपाल फर्कन लागेका युवाको मृत्यु

16 March, 2018 | Kabiraj Adhikari | 2525 Views | comments

मलेसियाबाट स्वदेश फर्कने तयारीमा रहेका एक युवको मंगलबार मृत्यु भएको छ । गैरकानुनी अवस्थामा कार्यरत रहेको अभियोगमा करिब ३ महिनाअघि पक्राउ परेका अंगेश तामाङ मलेसियाको जोहोरस्थित पोन्टेनको फिर्ती केन्द्र (डिपोर्टेसन सेन्टर)मा रहेका र अचानक बिरामी भएपछि उपचारकै क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।

angesh-tamang
दूतावासका द्वितीय सचीव महेश्वर त्रिपाठीका अनुसार तामाङले जेल सजाय पूरा गरिसकेको हुँदा उनी यही मार्च २२ मा स्वदेश फर्केने मिति तय भएको थियो । उनको मृत्युबारे फिर्ती केन्द्रले बुधबार दूतावासलाई जानकारी गराएको हो ।

माझीफेदा गाविस, काभ्रे निवासी तामाङको सेप्टी सक र भाइरस इन्फेक्सनका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । ‘स्वदेश फर्काउन हवाई टिकट लिने तयारी भइरहेको थियो । तर, अचानक उनको मृत्यु भएको खबर आयो’ उनलाई स्वदेश फर्काउन दूतावाससँग समन्वय गर्दै आएका नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पि.टी शेर्पाले भने ।

तामाङको शव नेपालमा जिम्मा लिने परिवार वा आफन्तजनबाट आधिरिक मञ्जुरीपत्र आवश्यक पर्छ । उक्त पत्र प्राप्त भएपछि शव पठाइने दूतावासले जनाएको छ । – आजको कान्तिपुर दैनिकमा खबर छ ।

मलेसियामा दुई महिनामा ५४ नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK