मलेसियामा गैरकानुनी कामदार दर्ता कार्यक्रम

ENGLISH

NRN GLOBAL

मलेसियामा गैरकानुनी कामदार दर्ता कार्यक्रम

3 March, 2016 | Sandeep Bhattarai | 545 Views | comments

बैध हुन १ लाख २५ हजार रुपैंया

मलेसियामा रहेका गैरकानुनी नेपाली कामदारले बैध हुन करिब १ लाख ३५ हजार खर्च गर्नुपर्ने भएको छ । गैरकानुनी आप्रवासी कामदारलाई बैधानिकता दिन मलेसियाले यही फेब्रुवरी १५ देखि शुरु गरेको ‘रिहाइरिङ एण्ड एलोकेशन इमिग्रान्ट्स प्रोग्राम’ मार्फत कामदार बैध हुन उक्त रकम खर्च हुन्छ ।

मलेसियाले तोकेअनुसार दर्ता, अस्थायी पास, प्रोसेसिङ, जरिवाना र लेभी लगायत विभिन्न शीर्षकमा गरि करिब १ लाख ११ हजार रुपैंया (४,१८५ रिंगिट) रकम कामदारले तिर्नुपर्छ ।

कामदारले आफ्ना विवरण दर्ता गरेबापत ८ सय रिंगिट, प्रशासनिक सेवा लिएबापत ४ सय, अस्थायी श्रम स्विकृतिको ६०, प्रोसेसिङको १ सय २५ रिंगिट, जरिवाना ३ सय र बाषिर्क लेभीबापत २५ सय रिंगिट -सेवा, उत्पादन र निर्माण क्षेत्रमा कार्यरतका लागि) तिर्नुपर्छ । त्यसबाहेक राहदानीको म्याद गुज्रेका एवं राहदानी नभएका नेपालीले नयाँ राहदानी लिनुपर्ने भएकाले पनि थप खर्च हुन्छ ।

साथै कामदारलाई रोजगारी दिन चाहने मलेसियाका रोजगारदाताले आफुले गैरकानुनी कामदार राखेबापत ५ सय रिंगिट जरिवाना पनि सरकारलाई बुझाउनुपर्ने प्रावधान तय गरिएको छ ।
क्वालालम्पुरस्थित नेपाली दुतावासका अनुसार नयाँ राहदानी बनाउन ६२० रिंगिट र नवीकरण गर्न ३१० रिंगिट शुल्क लाग्दछ । यी दुबैखाले खर्च गरि एकजना गैरकानुनी नेपाली कामदारले करिब १ लाख २५ हजार रुपैंया खर्च गर्नुपर्ने भएको हो । राहदानी बनाउन पिएमएफ कन्सोर्टियमबाट प्राप्त दर्ता स्लिप, पूरानो राहदानीको सक्कलप्रति र नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने दुतावासले जनाएको छ ।
मलेसियाले प्लानटेशन र कृषिर् क्षेत्रमा काम गर्ने गरि दर्ता हुने कामदारका लागि बाषिर्क १५ सय रिंगिट लेभी शुल्क निर्धारण गरेको छ । ती क्षेत्रमा कम संख्यामा नेपाली कार्यरत छन् ।

रोजगारदाता र सरोकारवालाहरुले कामदार बैध गराउन निर्धारण गरिएको उक्त शुल्कबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गर्दै आएका छन् । तर सरकारले भने उक्त शुल्क परिवर्तन नहुने भन्दै आफुसंग भएका गैरकानुनी कामदार समयमै दर्ता गराउन रोजगारदाताहरुलाई आग्रह गरेको छ । कार्यक्रममा सहभागी हुन अयोग्य हुने र बैध हुन नचाहने गैरकानुनी कामदारहरु भने अध्यागमन कार्यालयमा जरिवाना रकम बुझाएर स्वदेश फिर्न सक्नेछन् । रोजगारदाता कम्पनीहरुमा श्रमिक माग पूर्ति गर्न र गैरकानुनी कामदार समस्या हटाउन ल्याइएको भनिएको यस कार्यक्रम यसैबर्ष अन्त्यसम्ममा चल्नेछ ।

कस्ता कामदारले दर्ता हुन पाउने ?
१) २०१६ फेब्रुवरी १५ अगावै गैरकानुनी भएको ६ महिना पूरा भएकाहरु ।
२) यसअघि ‘सिक्स-पी’ -बैधानिकताबारेको कार्यक्रम) मा सहभागी नभएकाहरु ।
३) कम्पनी छाडी भागेका तर भिसाको म्याद सकीएका/ओभर स्टे भएकाहरु ।
४) न्युनतम २ बर्ष म्याद भएको नेपाली राहदानी भएकाहरु ।
५) कामदारको रुपमा मलेसिया आएकाहरु ।

कसरी दर्ता गर्ने ?
मलेसियाले नेपाली कामदारहरु दर्ता गर्न पिएमएफ कन्सोर्टियम अर्थात माइईजी सर्भिसेज बर्हाडलाई जिम्मा दिएको छ । अनलाइनमार्फत दर्ता गराउन कामदारले आफ्ना रोजगारदातासँगको समन्वयमा ‘माइईजि डट् कम डट् माई’ अर्थात ‘रिहाइरिङ डट् जिओभी डट् माई’ अनलाइन लग इन गरेर त्यसमा उल्लेख गरिएबमोजिम अनलाइन आवेदन भर्ने र एकाउन्ट खोल्नुपर्ने प्रक्रिया छ ।
यस कार्यक्रमबारे नजिकबाट बुझेका एकजना नेपाली व्यवसायीका अनुसार बैंक खातामा -ई-वालेट) मा रकम जम्मा गरेपछि उक्त पेमेन्ट स्लिप माईइजीलाई पठाउनुपर्दछ । ‘ई- वालेटमा रकम जम्मा भएको प्रमाणित भएपछि बल्ल कामदार र रोजगारदाताबारे उक्त अनलाईन प्रणालीमा उल्लेख गरिएअनुसार आवेदन भरेर पेश गर्न सकीन्छ ।’ उनले भने ।
सम्बन्धित निकायका प्रतिनिधिले कामदारको औंठाछाप लिन्छन् र कामदारले ‘म्याजिक सिम’ भनिने सिमकार्ड प्राप्त गर्दछन् । यस्तो कार्ड कामदारले मोबाइलमा प्रयोग गर्न सक्छन् । यी सबै प्रक्रियापछि तोकीएको मापदण्डअनुरुप दर्ता भएका कामदारले राहदानी जुटाई आफ्ना रोजगारदातामार्फत थप प्रक्रियाहरु अपनाई भिसाका लागि आवेदन दिनुपर्ने प्रावधान छ ।

कान्तिपुर दैनिकबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK