मलेसियामा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न

ENGLISH

NRN GLOBAL

मलेसियामा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न

12 February, 2018 | Kabiraj Adhikari | 3105 Views | comments

मलेसिया । गत ४ फेब्रुवरी २०१८ का दिन मलेसियाको राजधानी क्वाललम्पुरमा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न भयो ।

Malaysia-poem-consert

विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको आयोजनामा उक्त कन्सर्ट सम्पन्न भएको हो । कवि स्मृतिले वहाका चर्चित एक दर्जन कविताहरु वाचन गर्नुभयो । कवि स्वप्निल कविता कन्सर्टकै निम्ति काठमाडौबाट क्वाललम्पुर पुग्नु भएको हो । कवि स्मृतिको बारेमा दिलदुखी जन्तरेले प्रकाश पार्नुभयो भने नेपाली राजदुतावास मलेसियाका द्धितिय सचिव विनोद मुखियाले प्रमुख अतिथिको रुपबाट शुभ कामना दिनुभयो ।

नेपाली राष्ट्रिय गाना लगतै रबि किरणको स्वागत मन्तब्यबाट शुरु भएको कन्सर्टलाई विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय सदस्य दिलिप राई सगर, एनआरएन मलेसियाका महासचिव सुन्दर आले, साहित्य महासंघका पूर्व केन्द्रीय पार्षद दीप दर्शन, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष ड्वाङनुरी शेर्पा, चौतारी साहित्यका डिल्ली छत्कुल्ली, योगेन्द्र काईराला, राम चौधरी, कृष्ण आङदेम्बे, दिल केरुङ, राज गिरी, राम रेप्चोङ लगायतले शुभ कामना मन्तब्य राख्नु भएको थियो ।

Malaysia-poem-consert

दोस्रो चरणमा कवि स्वप्निललाई प्रमुख अतिथि र सभाध्यक्ष कृष्ण भीरद्धारा सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै गरि मलेसियामा रहेर अनवरत साहित्यमा योगदान पुर्याए वापत गजलकार दीप दर्शनलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई लाँलीगुराँस रेष्टुरेष्ट, सुम्निमा रेष्टुरेष्ट इपो, परदेशी रेष्टुरेष्ट, मण्डला रेष्टुरेष्ट, हर्वो प्रालिले प्रायोजन गरेका थिए भने आख्यानकार जीवन देवान गाँउलेले संचालन गर्नुभएको थियो ।

लण्डनमा परोपकारी कविता कन्सर्ट आयोजना हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK