मलेसियामा कराँते खेलाडीहरु सम्मानित

ENGLISH

NRN GLOBAL

मलेसियामा कराँते खेलाडीहरु सम्मानित

प्रवासी सितोरियो कराते संघद्वारा विभिन्न व्यक्ति सम्मानित

27 June, 2016 | Bipin Acharya | 1120 Views | comments

नेपाली प्रवासी सितोरियो कराते संघले मलेसियामा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान गरेको छ । आइतबार यहाँ एक कार्यक्रम गरि उक्त संस्थाले मलेसियामा रही नेपाली खेलकुद र सामाजिक क्षेत्रमा योगदान पुर्‍याएवापत खेलाडी र पत्रकारहरुलाई सम्मान गरेको हो ।

ohi

संघले यसअघि फिलीपिन्समा सम्पन्न खेलमा पदक दिलाउन सफल खेलाडीहरु क्रमशः कर्ण बहादुर राई, अजित तामाङ, दिपक बहादुर बोहरा, कमल बराईली, उद्धव भण्डारी र मोहम्मद कुरेश आलम सेखलाई सम्मान गरेको छ ।

त्यस्तै पत्रकारितामार्फत नेपाली खेलकुद र मलेसियामा नेपाली समाजसेवामा योगदान पुर्‍याएबापत कान्तिपुरकर्मी रामचन्द्र गिरी र उद्धार मासिकका प्रधानसम्पादक एवं दैनिकपोष्ट डट कमका सम्वाददाता रवि भट्ट सम्मानित भएका छन् ।

साथै संघले समाजसेवमा क्रियाशिल गैर आवासीय नेपाली संघ मलेसियाका पूर्व अध्यक्ष शंकर बहादुर पौडेल, जिफन्ट सपोर्ट ग्रुपका संयोजक वेदकुमार खतिवडा, र व्यवसायी ग्याल्जेन लामालाई सम्मान गरिएको जनाएको छ । कार्यक्रममा यसअघि नेपाली खेलकुद क्षेत्रमा प्रबर्द्धन र विकासमा सहयोग गरेबापत व्यवसायीहरु नेत्र केसी, माइकल लामा, कालु गुरुङ र भीम बहादुर बहरलाई प्रशंसापत्र प्रदान गरेको छ ।

संघका अध्यक्ष योगेन्द्र कोइराला, नेपाली दुतावासका दितिय सचिव उत्तमकुमार शाही, गैर आवासीय नेपाली संघका अध्यक्ष विश्व राई लगायतले सम्मानित सबैलाई सम्मानपत्र प्रदान गरे । कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष प्रेम पाण्डे, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष दिपक तामाङ, लगायत विभिन्न पेशागत तथा राजनीतिक दल निकट संगठन, जातिय तथा सामाजिक संघसंगठन, खेलाडी, पत्रकार र श्रमिकहरुको सहभागीता रहेको थियो ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK