मलेसियाबाट डिपोर्ट भएका शाह भन्छन् – मेरो आइएससँग कुनै संलग्नता छैन

ENGLISH

NRN GLOBAL

मलेसियाबाट डिपोर्ट भएका शाह भन्छन् – मेरो आइएससँग कुनै संलग्नता छैन

24 September, 2016 | Krishna Adhikari | 1565 Views | comments

sha

आतंकवादी संगठन आईएसआइएसलाई सघाएको आरोपमा मलेसियन सरकारले डिपोर्ट गरेका नेपाली युवा महेन्द्रजंग शाहले आफ्नो कुनै पनि आतंकवादी संगठनसँग संग्लनता नरहेको दाबी गरेका छन्।

 

उनले आफूमाथि कसरी त्यस्तो आरोप लाग्यो नै थाहा पाउन नसकेको बताए। ‘म १४ वर्ष मलेसियामा व्यापार गरेर बसेको हुँ, ‘उनले भने, ‘मेरो आइएससँग कुनै संलग्नता छैन  मलेसियन सरकारले भनेजस्तो मैले आतंकवादी संगठनलाई सघाएको पनि छैन्।’
मलेसियाका प्रहरी प्रमुखले क्वालालम्पुरमा पत्रकार सम्म्लेलनमा बोल्दै शाहले आतंककारीहरुलाई भिसा मिलाइदिने काम गर्ने गरेको आरोप लागाएका थिए।

गत जुन महिनामा मलेसियाको क्वालालाम्पुरको पुचोङस्थित मोविदा क्लव नाइट क्लवमा ग्रिनेट आक्रमण भएको थियो।
सो घटनामा ८ जना घाइते भएका थिए। त्यो नै मलेसियामा आइएसले गरेको पहिलो आक्रमण भएको मलेसियन प्रहरीले जनाएको छ। त्यो घटना पछि मलेसियन प्रहरीले आतंकबादी बिरोधी खोजी र कारबाहीलाई तिब्र बनाएको थियो।

‘मैले कुनै आपराधिक काम गरेको छैन, मलेसियन प्रहरीले समेत मलाई समातेर १४ दिनपछि केही नभेटाएपछि सफाइ दियो,’ शाहले भने, ‘अहिले कसरी मेरो नाम आतंकवादीमा मुछियो थाहा छैन।’

अपराध गरेको छैन भने तपाईँलाई प्रहरीले किन समात्यो भन्ने प्रश्नमा उनले भने, ‘१४ दिनको अनुसन्धानपछि म माथि लागेको आरोप पुष्टि भएन, त्यसपछि मलाई हतकडी पनि नलगाई विमानस्थलमा ल्याएर प्रहरीले छाडे।’

उनले तर्क गरे, ‘मैले आइएसलाई सघाएको भए, मलाई किन नेपाल डिपोर्ट गर्दथ्यो, उतै सजायँ दिइहाल्थ्यो नि।’उनले आफूलाई डिपोर्ट गर्न मलेसियास्थित नेपाली राजदूतले मलेसियन प्रहरीलाई सहयोग गरेको आरोप लगाए।

गत सेप्टेम्बर २ काठमाडौं विमानस्थलमा उत्रिए पछि शाहलाई नेपाल प्रहरीले पनि पक्राउ गरेको थियो। उनलाई अन्य मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेपछि अपराध महाशाखाले सार्वजनिक मुद्दा चलाउन काठमाडौं प्रहरी परिसरमा बुझाएको थियो।

९ दिन हिरासतमा बसेपछि शाहलाई भदौं २६ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले ६ हजार धरौटीमा छाडेका थिए।
मलेसियन सरकारले डिपोर्ट गरेपनि शाहीले आइएसलाई सघाउने गरेको जानकारी आफूहरुसमक्ष नआएको प्रहरीले बताएको छ। ‘हामीसँग उनले आइएसलाई सघाउने गरेको भन्ने कुनै जानकारी आएन,’ महाशाखाका एसपी सहकुल थापाले भने, ‘उनीमाथि लगाइएका अभियोग पुष्टि गर्ने पर्याप्त प्रमाण नभेटेपछि हामीले सार्वजनिक मुद्दा चलाएका हौं।’

प्रहरीले बरु शाहले ठगी गरेको भन्दै पहिले थुप्रै उजुरी आएको बतायो। मलेसियास्थित नेपाली राजदूत निरन्जनमानसिंह बस्यान्तले पनि शाहले मलेसिया धेरैलाई ठगेको बताए। ‘शाहले गरेका विभिन्न अपराधहरुले नै उनी कति बदमास छन् भन्ने कुरा देखाउँछ,’ उनले भने।
मलेसियामा नेपाली माझ शाहको छवी राम्रो छैन्। रकम लिएर नक्कली भिसा लगाइदिने, पासपोर्ट बनाइदिने, मलेसियाको अध्यागमनका अधिकारीसँग मिलेर काम गर्ने गरेको उनीमाथि आरोप छ। सुन्दर आलेमगर, सुभद्रा कुमारी लिङदेन, साम क्षेत्री, इन्द्रवीर महर्जनसँग पैसा लिएर नक्कली भिसा लगाइदिएको मलेसिया स्थित नेपाली राजदूतावासले लगायो।

नक्कली भिसा लगाएको अभियोगमा उनीहरु २४ दिनसम्म थुनामा बस्नु परेको थियो। पछि उनीहरु सबै नेपाल डिपोर्ट भए। उनीहरुको वयानको आधारमा मलेसियन प्रहरीले शाहलाई खोजतलास गरेको थियो। त्यस्तै शाहले सुरज श्रेष्ठ लगायतका युवाहरुबाट लाखौं रकम असुलेर ठगी गरेको उजुर मलेसियन प्रहरीलाई आग्रह गरेको थियो।

करिव छ महिना अघि मलेसियाबाट नेपाल आएका ११ जना युवाहरुसँग नक्कली राहदानी फेला परे पछि उनीहरुले सो राहदानी शाहीलेनै उपलब्ध गराएको बयान दिएका थिए।यसरी ठगी तथा नक्कली राहदानी काण्डमा शाह बारम्बार मुछिए पनि आतंककारी गतिबिधिमा भने उनको नाम अहिले सम्म आएको थिएन।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK