मलेसियाबाट करार अबधी सकिदा पनि घर फर्किन पाएनन् नेपालीहरु

ENGLISH

NRN GLOBAL

मलेसियाबाट करार अबधी सकिदा पनि घर फर्किन पाएनन् नेपालीहरु

रामचन्द्र नेपाल

14 July, 2017 | Bipin Acharya | 665 Views | comments

मलेसियामा यतिवेला कतिपय कम्पनीहरुले कामदारको अभाव भएको भन्दै करार अवधी सकिएपनि नेपाल र्फकन दिएका छैनन ।

अबैधानिक अवस्थामा रहेकाहरु धरपकडमा परिने डरले नेपाल र्फकन थालेपछि बैधानिक बनेर बसिरहेकाहरुलाई समस्या पर्न थालेको छ ।

वैधानिक भएर काम गरिरहेकाहरुलाई घर फर्कने बेलामा टिकट दिएर नेपाल पठाउनुको साटो जवरजस्ति भिषा लगाइदिएर काममा लगाईरहेका छन । कतिपय कम्पनीहरुले भने तलब राखिदिने गरेका छन ।

तीन वर्षको भिषा जुन २१ तारिखमा सकिएका तीन नेपाली श्रमिकहरुले आफूहरुलाई जवरजस्ती काममा लगाइरहेको भन्दै सम्बन्धित निकायहरुमा सहयोगको अपिल गरेका छन ।

यसरी अपिल गर्नेहरुमा बाराका भेषप्रसाद चौलागाई,म्याग्दिका तिलकवहादुर क्षेत्री र उदयपुरका सूर्यबहादुर राई रहेका छन् ।

उनीहरुलाई जोहोरबारुमा रहेको रम्मान भन्ने कम्पनीले जवरजस्ती काममा लगाइरहेको छ ।

‘तीन वर्ष हुदापनि पठाएन । आफै टिकट काटेर जाभन्यो हामीले जुन १८ तारिखको टिकट काटेर दियौं तर हामीलाई पठाएन हामी बैधानिक छौ कि के छौ थाहा भएन ।’ चौलागाईले टेलिफोनमा भने ।

मलेसियामा दैनिक पिच्छे धरपकड भएकाले आफूहरु निकै डराएर बसिरहेको बताए । ‘नेपाली दुतावासवाट टाढा भएकाले दुतावाससम्म पुग्न नसेकेको उनीहरुको भनाइ छ । दुतावासको हटलाइनमा कुरा भयो तर ठोस उत्तर आएन ।’ उनले भने ।

क्लिनर सप्लाई गर्ने उक्त कम्पनीमा हाल ८ जना नेपालीहरुले काम गरिरहेका छन् । जुलाई २० तारिखका दिन अन्य ४ जना नेपालीहरुको पनि करार अवधी पूरा हुदैछ । उनीहरु पनि नेपाल र्फकन चाहिरहेको भएपनि कम्पनीले कुनै चासो देखाएको छैन ।

अरवी रिक्रुटमेण्टबाट ३ वर्ष अगाडि रोजगारीको लागि उनीहरु मलेसिया आएका थिए । नेपालमा रहेको मेनपावरलाई फोन सम्पर्क गरी आफ्ना कूराहरु राख्दा कुनै पनि वास्ता नगर्ने गरेको उनीहरुले बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK