मलेसियामा कार्यरत भवानी शंकर तिवारी र रमेशप्रसाद तिवारीले गैर आवासीय नेपाली संघको एसिया क्षेत्रीय संयोजक र सह–संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनको अक्टोबरमा १४ देखि १७ सम्म काठमाठौंमा हुने आठौं विश्व सम्मेलनमा उनीहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सम्मेलनमा सहभागी हुन मलेसियाबाट एकसय १० जना आउने भएका छन् ।
उनीहरुले मलेसिया बैदेशिक रोजगारीको प्रमुख गन्तव्य भएकाले उनीहरुका हक हितका लागि र एसियाली मुलुकमा रहेको स–साना पूँजीलाई एकीकृत गरि आर्थिक सबैको आर्थिक विकास गर्ने संघको अवधारणा पूरा गर्न एसिया क्षेत्रको नेतृत्वका लागि अघि बढीएको घोषणा गरे ।
आफुहरुले सबैसँग सहयोग र समन्वयको आशा राखेको भन्दै लाखौं नेपाली भएकाले पनि मलेसिया एसिया प्रशान्त क्षेत्रको नेतृत्वका लागि तयार रहेको पनि बताए ।
मलेसियाबाट एसिया प्रशान्त क्षेत्रको संयोजक पदमा उम्मेदवारी घोषणा गरिएको यो पहिलोपटक हो । संघको केन्द्रीय समितिमा हालसम्म मलेसियाबाट सदस्य बाहेकका मूख्य पदहरुमा आबद्धता छैन ।
मलेसियास्थित संघले आयोजना एक कार्यक्रममा उम्मेदवारी घोषणा गर्ने तिवारीद्वयलाई संघका सल्लाहकार हरि भट्टराई, आईसिसि सदस्य विश्व विक्रम राई, अध्यक्ष खगेन्द्र न्यौपाने र सदस्यहरु लगायत सहभागीले जितका लागि शुभकामना व्यक्त गरे ।
संघका अनुसार मलेसियामा करिब १२ सय सदस्यहरु छन् । तीमध्ये ११० जना सम्मेलनमा सहभागी हुनेछन् । सन् २००३ अक्टोबर ११ मा स्थापना भएको यस संघका विभिन्न ७३ मुलुकहरुमा समन्वय समितीहरु छन् । हरेक २ बर्षमा हुने विश्व सम्मेलनमा ती देशहरुबाट हजारौं प्रतिनिधिहरु सहभागी हुने गर्दछन् ।
नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको...
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा वाट्सनको...
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२० मा अस्ट्रेलियामा...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...