मलेसियाबाट अवैध कामदार फर्काउन ८ कम्पनीलाई अनुमति

ENGLISH

NRN GLOBAL

मलेसियाबाट अवैध कामदार फर्काउन ८ कम्पनीलाई अनुमति

15 November, 2017 | Kunjar Bhattarai | 715 Views | comments

मलेसिया सरकारले अवैध हैसियतमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि अध्यागमन विभागसँग सहजीकरण गर्न मलेसियाका विभिन्न ८ कम्पनीहरुलाई अनुमति दिएको छ ।

सरकारले ‘थ्री प्लस वान भोलुन्टर्ली’ नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत मुलुकमा रहेका अवैध  नेपाली कामदार फर्काउने कार्यमा सहजीकरण गर्न यसअघि ‘हारफासे रिसोर्सेज’ नामक कम्पनीलाई मात्र जिम्मा दिएको बताइएको थियो ।

तर दूतावासले त्यस्तो सूचना सार्वजनिक भएको हप्तादिन नबित्दै सोमबार अर्को सूचना जारी गर्दै थप ७ वटा कम्पनीले समेत अनुमति पाएका जनाएको छ ।

दूतावासले यसबारे मलेसियाली अध्यागमन विभागबाट आफूलाई पत्र प्राप्त भएको भन्दै अब यी ८ वटामध्ये कुनै एक कम्पनीमार्फत अवैध रुपमा रहेका नेपाली कामदार स्वदेश फर्कन सक्ने जनाएको हो ।

स्वदेश फिर्नका लागि मलेसियाले यसैवर्ष अन्त्यसम्मको समयावधि यसअघि नै तोकिसकेको छ । अवैध नेपाली कामदार आगामी डिसेम्बर ३१ सम्म स्वदेश फर्किसक्नुपर्नेछ ।

मलेसियाली सरकारले नेपालीहरु घर फर्काउने कार्यको सहजीकरण गर्न हारफासे रिसोर्स एसडिएन बिएचडी, केरिकम एसडिएन बिएचडी, इमान रिसोर्सेज एसडिएन बिएचडी, पिएमएफ कन्सोर्टियम, पेरुण्डिङ जोन जेमिह एसडिएन बिएचडी, प्राफाउण्ड रेडियन्स एसडिएन बिएचडी, बुकित मेगाह एसडिएन बिएचड र बुकित माहलिगल एसडिएन बिएचडी (जोहोरबारु) गरि ८ कम्पनीहरुलाई अनुमति दिएको दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वदेश फिर्न नेपाली दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र र अध्यागमन कार्यालयबाट जरिवाना तिरी आउटपास लिनुपर्ने कानुनी प्रावधान छन् । यसका लागि ती कम्पनीहरुले सहजीकरण गर्ने गर्दछन् ।

त्यसबाहेक कामदारले घरफिर्ती हवाई टिकट पनि आफैंले ब्यहोर्नुपर्नेछ । दूतावासबाट यात्रा अनुमतिपत्र लिँदा प्रतिकामदार १६० रिंगिट शुल्क बुझाउनुपर्ने हुन्छ भने जरिवानाबापत मलेसियाली अध्यागमन कार्यालयमा ३ सय रिंगिट र १ सय रिंगिट आउटपासबापत् तिर्नुपर्ने हुन्छ ।

हाल अनुमति प्राप्त गरेका यी कम्पनीमार्फत फर्कंदा कामदारले कति शुल्क तिर्नुपर्छ भन्नेबारे केही खुलाइएको छैन । सेवा शुल्कबारे जानकारी लिने सन्दर्भमा भएको सम्पर्कमा दूतावासका एकजना अधिकारीले यसबारे आफुलाई जानकारी नभएको कान्तिपुरलाई बताए ।

तर स्वदेश फिर्न दूतावास परिसरमा पुगेका नेपालीहरुले सेवाशुल्कबापत हारफासे रिसोर्स एसडिएन बिएचडी कम्पनीलाई ६ सय ७८ रिंगिट तिरेको बताए । यसबाहेक अन्य कम्पनीमार्फत जानेले कति बुझाउनुपर्छ भन्ने पनि स्पष्ट छैन । यसबारे दूतावासमार्फत् समेत औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

हाल दैनिक सय जनाको हाराहारीमा स्वदेश फिर्नका लागि यात्राअनुमति पत्र लिन नेपालीहरु दूतावास पुग्ने गरेका छन् । लागत शुल्कबारे स्पष्ट जानकारी पाउन नसक्दा कामदारहरु अन्यौलमा परेका छन् । उनीहरु कतिपय विचौलियाको सहारामा स्वदेश फिर्न समेत बाध्य छन् ।

मलेसियामा रहेका नेपाली कामदार र सरोकारवालाले सेवा शुल्क सार्वजनिक गर्न/गराउन दूतावासलाई आग्रह गरेका छन् । उनीहरुले सेवा शुल्क सार्वजनिक नगरिंदा स्वदेश फिर्ने कामदारमाथि मनपरी रकम असुली हुनसक्ने र कामदार ठगीनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कान्तिपुरबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK