मरिनाको उत्कृष्ट कभर गाउनेलाई पिल्ममा गाउने अबसर

ENGLISH

ENTERTAINMENT

मरिनाको उत्कृष्ट कभर गाउनेलाई पिल्ममा गाउने अबसर

6 June, 2016 | arjun baral | 405 Views | comments

MARINA

गत बर्ष देखी नै छाँयाकनमा जाने भनिएको चलचित्र मरिना अहिले सम्म पनि फ्लोरमा जान सकेको छैन । तर,चर्चा भने रिलिज हुन लागेको फिल्मको भन्दा कम छैन कारण हुन् आर्यन सिग्देल र श्याम अर्याल ।

संचारकर्मी समेत रहेका अभिनेता श्याम अर्यालको लगानीमा निर्माण गर्न लागिएको चलचित्रको नाम उनी आफै संचारकर्मी हुनाले पनि चर्चामा छ । यसलाई अभिनेता आर्यन सिग्देल खुलेरै साथ दिईरहेका छन् ।

यस अघि कुण्ठा निर्देशन गरेका अनुप गिरीको निर्देशनमा निर्माण गरिने फिल्मको छाँयाकन मिति तय नहुदै फिल्मको कभर गीत गाउने मध्ये उत्कृष्ट प्रतिभालाई फिल्मको गीत गाउन दिने घोषणा निर्माण कम्पनी मिजल पिक्चरले गरेको छ । निर्माण कम्पनीले छाँयाकन अगावै फिल्ममा समाबेस गरिने एक गीतको ‘र’ फाईललाई प्रतियोगिताको रुपमा समेत सार्बजनिक गरेको छ ।

फिल्मको कभर प्रतिस्पर्धाको लागी सार्वजनिक उक्त गीत गाएर युट्युवमा अपलोड गर्ने मध्ये बाट उत्कृष्ट हुनेलाई फिल्ममा समावेश हुने सोही गीत गाउन अबसर दिने भएको छ । प्रतियोगीता गरेर नगद धनराशी दिनुभन्दा अबसर ठुलो मान्दै अबसर दिन लागिएको निर्माण कम्पनीले जनाएको छ । प्रतियोगीतमा सहभागी हुन चाहनेले सोही गीत गाएर जुलाई ३० सम्ममा युटुबमा अपलोड गर्नुपर्नेछ । सोहि फिल्ममा मुख्य भुमिकामा रहने अभिनेता आर्यन सिग्देलले पनि सांगितिक क्षेत्रमा आउन चाहने प्रतिभाले प्रतियोगीतामा सहभागी हुन आग्रह गरेका छन् । यस चलचित्रमा आर्यन सहित प्रियंका कार्की गौरब पहारी र बर्षा राउत मुख्य भुमिकामा हुनेछन् । चलचित्रलाई नाम अनुसार नै महिला प्रधान भनिएको छ ।

कबड्डी कबड्डी युट्युवमा भाइरल बन्दै (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK