मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

ENGLISH

POLITICS

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

10 April, 2018 | Kabiraj Adhikari | 2225 Views | comments

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

bhetghat

सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा सोमबार भएको भेटवार्तामा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएको मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री यादवले नेपाल राजनीतिक संक्रमण अन्त्य भई आर्थिक समृद्धि र विकासको मार्गमा अगाडि बढेको बताउनुभएको थियो ।

उहाँले चीनको आर्थिक विकासमा आफूलाई खुशी लागेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि पनि सहयोग गर्न आग्रहसमेत गर्नुभयो । मन्त्री यादवले गत वर्ष नेपाल सरकारको आपूर्ति मन्त्रालय र चीनको स्टेट एड्मिनिष्ट्रेसन फर इन्डस्ट्री एण्ड कमर्शबीच भएको उपभोक्ता अधिकार संरक्षणका विषयमा भएको सम्झौतालाई कार्यान्वयनमा गर्ने विषयलाई जोड दिनुभयो ।

उपभोक्ता हितका विषयमा दुई देशबीचका कानून विषयका जानकारी आदानप्रदान गर्ने र बजारलाई स्वास्थ्य बनाइराख्न निरन्तर छलफल हुनुपर्ने मन्त्री यादवले बताउनुभयो ।

त्यसैगरी चिनियाँ उपमन्त्रीले चीन–नेपालबीच हजारौँ वर्षको मित्रवत् सम्बन्धलाई विस्तार गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले दुई देशबीचको सहकार्यले एक अर्काको भाग्य निर्माण हुने भन्दै आफ्नो देशले नेपालसँगको सम्बन्धलाई विशेष जोड दिएको बताउनुभयो । उहाँले बजार नियमन र उपभोक्ताका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्ने र त्यस क्षेत्रमा नेपाललाई सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

मन्त्रिपरिषद् तेस्रो पटक विस्तार: थपिए ११ मन्त्री, ४ राज्यमन्त्री

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK